२०८२, भाद्र २ गते

Aug 18 2025 | २०८२, भाद्र २ गते

रुपन्देहीमा कोरोना संक्रमितको संख्या ३ हजार नाघ्याे

मंगलवार , आश्विन २०, २०७७

  • 4.6K
    Shares
  • 4.6K
    Shares
  • भैरहवा, २० असोज । 
    रुपन्देहीमा कोरोना संक्रमितको संख्या ३ हजार नाघेको छ । मंगलबार थप १०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि जिल्लामा कुल संक्रमितको संख्या ३ हजार १ सय २ पुगेको हो ।

    स्वास्थ्य कार्यालय, रुपन्देहीका अनुसार मंगलबार बुटवल उपमहानगरपालिकाका ५१, सिद्धार्थनगर नगरपालिकाका २५, तिलोत्तमाका ९, देवदहका ६, मायादेवीका १, सैनामैनाका ४, कञ्चनका १, सियारीका ८, लुम्बिनी सांस्कृतिक र रोहिणीका १/१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।  कोरोना पुष्टि हुनेमा ४३ महिला र ६४ जना पुरुष रहेको स्वास्थ्य कार्यालय, रुपन्देहीका तथ्यांक अधिकृत ओम प्रकाश गुप्ताले बताए ।

    जिल्लामा हालसम्म २ हजार १ सय ६२ जना कोरोना संक्रमित निको भएका छन् ।  त्यस्तै रुपन्देहीमा कोरोना संक्रमित ९ सय १२ जना उपचाररत छन् । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म २८ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।