२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

अपांगता दिवसमा लुम्बिनी सांस्कृतिक नगरपालिकाद्वारा सम्मान

शुक्रवार , मंसिर १७, २०७८

  • 3.3K
    Shares
  • 3.3K
    Shares
  • बुटवल, १७ मंसिर ।
    ‘कोभिड–१९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता : अपांगता भएका व्यक्तिको पहुँच र दिगो विकासका लागि हामी सबैको प्रतिबद्धता’ ३० औ अन्तर्राष्ट्रिय अपांगता रुपन्देहीमा विविध कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा  लुम्बिनी सांस्कृतिक नगरपालिकाले अपांगता क्षेत्रमा महत्वपूर्ण योगदान दिएका ९ जना व्यक्तिहरुलाई सम्मान गरिएको छ ।

    सम्मानित हुनेहरुमा बौद्धिक अपांगताका अभिभावक महासंघ लुम्बिनी प्रदेश संयोजक तथा लुम्बिनी डे केयर सेन्टरका संस्थापक सचिव, अपांगता समन्वय समितिका सदस्य सन्तोष पन्थी, बौद्धिक अपांगताका अभिभावक संघ रुपन्देहीका अध्यक्ष तथा लुम्बिनी डे–केयर सेन्टरका संस्थापक अध्यक्ष बाबुराम के.सी., लुम्बिनी डे–केयर सेन्टरका शिक्षक माया गुप्ता, लुम्बिनी डे–केयर सेन्टरका संस्थापक सदस्य तथा अपांगता समन्वय समितिका सदस्य रुबिना मुसलमान, अपांगता समन्वय समितिका सदस्यहरू रजाक अलि फकिर, बुद्ध केसरी मल्लाह, ममिता यादव, पत्रकार बिरेन्द्र मिश्रा लगायत सम्मान गरेको छ ।

    कार्यक्रममा बोल्दै नगरप्रमुख मनमोहन चौधरीले अपांगता भएका व्यक्तिहरुको अधिकारको लागि सबै एकजुट हुनुपर्ने र नगरपालिकामा अपांगता क्षेत्रमा काम गरिरहेको बताए । 

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र पाण्डेय, नगरपालिका उपप्रमुख  जानकी देवी श्रीवास्तव,  बौद्धिक अपांगताका अभिभावक महासंघ लुम्बिनी प्रदेश संयोजक सन्तोष पन्थी, कार्यपालिका सदस्य रुबिना मुसलमान, महिला बालबालिका शाखाका प्रमुख विनिता शाह, स्वास्थ्य शाखा प्रमुख धुर्व घिमिरे, अपांगता भएका व्यक्ति बुद्ध केसरी मल्लाह लगायतले मन्तव्य राखेका थिए ।