मंगलवार , आश्विन २०, २०७७
बुटवल। रुपन्देहीको तिलोत्तमा नगरपालिका नगर प्रमुख बासुदेव घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको छ।
कोरोनासंग मिल्दो लक्षण देखिएपछि पिसिआर चेक गराउदा कोरोना पोजेटिभ देखिएको सामाजिक सञ्जाल फेसबुकबाट जानकारी गराएका छन् ।
सोमबार पिसिआर जाँच गराएका नगरप्रमुख घिमिरेको आज पिसिआर रिर्पोट पोजेटिभ आएको थियो । संक्रमण पुष्टि भएसँगै आफ्नै निजी निवासमा आइसोलेसनमा बसेको घिमिरेले बताए ।
नगर प्रमुख घिमिरेले केही दिन यता सम्पर्कमा रहेका सबैलाई सतर्कता अपनाउन र लक्षण देखिए स्वाथ्य परिक्षण गर्न आग्रह गरेका छन् ।

© 2026 All right reserved to khabarpatro.com | Site By : sobij