
बुधवार , आश्विन २१, २०७७
बुटवल । बुटवलको धागो कारखाना स्थित कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत थप २ जना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पश्चिम नवलपरासीको सुनवल ५ का ७६ वर्षीय पुरुष र बुटवल ९ की ५५ वर्षीया महिला रहेको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।
मृतकहरुमा सुख्खा खोकी, उच्च ज्वरो र उच्च रक्तचापको समस्या रहेको सुचना अधिकारी गौतमले जनाए । स्वास्थ्यमा समस्या भएपछि सुनवलबाटै पीसीआर परीक्षणका लागि असोज १५ गते स्वाब पठाई १६ गते पोजिटिभ नतिजा आएपछि अस्पतालको आईसीयूमा भर्ना गरिएका पुरुषको गएराती १२स्५० बजे मृत्यु भएको हो ।
असोज १७ गते लुम्बिनी प्रादेशिक अपतालमा ल्याई पीसीआर परीक्षणा गरिएकामा नतिजा पोजिटिभ आएपछि कोरोना अस्पतालमा भर्ना गरिएकी महिलाको बुधवार बिहान साढे ५ बजे मृत्यु भएको सुचना अधिकारी गौतमले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij