
बुधवार , आश्विन २१, २०७७
नवलपरासी । नेपाल प्रहरीले सुरु गरेको समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पश्चिम नवलपरासीमा पनि विद्यार्थीलाई लागु औषध दुव्र्यसन नियन्त्रण सम्बन्धि सचेतता अभियान कार्यक्रम सुरु गरिएको छ ।
ईलाका प्रहरी कार्यालय सुनवल अन्तर्गत पर्ने भुमही बिटले बुधबार सुनवल १२ भुमहीमा रहेको जगन्नाथ माध्यमिक बिधालयमा सो अभियान कार्यक्रम आयोजना गरेको छ । बिटका इन्चार्ज प्रहरी नायव निरीक्षक जगदीश तिमिल्सिनाले जगन्नाथ माविमा कक्षा १० मा अध्यनरत विद्यार्थीहरुका लागि लागु औसध दुव्र्यसन नियन्त्रण सम्बन्धि सचेतना कार्यक्रम सञ्चालन गरेका हुन् ।
प्रशिक्षक तिमिल्सिनाले विद्यार्थीका लागि लागु औसधको परिचय, लागुऔसधको प्रकार र त्यसको असरबारे प्रशिक्षण दिएका थिए । पछिल्लो समय धेरै युवाहरू लागु औषध दुर्वसनिमा फस्ने क्रम बढेपछि त्यसको नियन्त्रणका लागि बिधालय तथा क्याम्पस तहका विद्यार्थीलाई लक्षित गरि आफुहरुले सो कार्यक्रम सञ्चालन गरिएको तिमिल्सिनाले बताए । सचेतना अभियान कार्यक्रममा झन्डै २५ जना विद्यार्थी सहभागी थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij