२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

रुपन्देहीमा बुधबार ६८ जना कोरोना संक्रमित थपिए

बुधवार , आश्विन २१, २०७७

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • भैरहवा, २१ असोज । 
    रुपन्देहीमा बुधबार थप ६८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।  कोरोना पुष्टि हुनेमा २८ जना महिला र ४० जना पुरुष रहेका छन् ।

    स्वास्थ्य कार्यालय, रुपन्देहीका अनुसार बुधबार बुटवल उपमहानगरपालिकाका २२, सिद्धार्थनगर नगरपालिकाका ८, तिलोत्तमाका १०, सैनामैनाका ७, शुद्धोधनका १६, सियारीका २, ओमसतिया, मायादेवी र लुम्बिनी सांस्कृतिकका १÷१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

    यो संगै रुपन्देहीमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ हजार १ सय ७० पुगेको स्वास्थ्य कार्यालय, रुपन्देहीका तथ्यांक अधिकृत ओम प्रकाश गुप्ताले बताए ।

    जिल्लामा हालसम्म २ हजार २ सय ७७ जना कोरोना संक्रमित निको भएका छन् ।  त्यस्तै रुपन्देहीमा  ८ सय ६४ जना कोरोना संक्रमित उपचाररत छन् । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म २९ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।