
बिहिवार , आश्विन २२, २०७७
भैरहवा । सिद्धार्थनगर नगरपालिका बडा नम्बर ५ का बडा सदस्य ई. सुवोध तुलाचनको उपचारका क्रममा मृत्यु भएको छ ।
कोरोना पोजेटिभ भई भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
कोरोनाको कारण थला परी घरमै बेहोस भएको अवस्थामा रहेका तुलाचनलाई असोज १४ गते अस्पताल भर्ना गरिएको थियो । उनको बुधबार राती १० बजे निधन भएको थियो ।
उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उनलाई प्लाज्मा थेरापिबाट पनि उपचार शुरु गरिएको अस्पतालका प्रशाशन प्रमुख तेज केसीले जानकारी दिए । अस्पताल पुग्दा उनमा निमोनिया, रगतमा खराबी, कलेजो पुर्णतया खराब अबस्थामा पुगेको प्रमुख केसीले जानकारी दिए ।
तुलाचनको शब अस्पतालको मर्चरीमा राखिएको छ । शब व्यास्थापनका लागि अस्पताल प्रशाशनले स्थानिय प्रशाशनलाई जानकारी गराईएको बताएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij