images

शुक्रवार, बैशाख २१ गते २०८१

रुपन्देहीमा गैडाको खागसहित तीन र लागुऔषधसहित एकजना पक्राउ

रुपन्देहीमा गैडाको खागसहित तीन र लागुऔषधसहित एकजना पक्राउ

images
images
images
शुक्रवार, मंसिर २४ २०७८
शुक्रवार, मंसिर २४ २०७८
  • रुपन्देहीमा गैडाको खागसहित तीन र लागुऔषधसहित एकजना पक्राउ

    भैरहवा, २४ मंसिर ।
    रुपन्देही प्रहरीले गैडाको खागसहित तीनजना र लागुऔषधसहित एकजनालाई  पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले गैडाको खागसहित अर्घाखाँचीको छत्रकोट गाउँपालिका–७ सुर्यथुमका ४८ वर्षिय नर बहादुर सुनार, ५८ वर्षिय पदम सुनार र छत्रकोट–५ रानीचापका २८ वर्षिय सुमन न्यौपानेलाई पक्राउ गरेको हो । 

    images
    images
    images

    बुटवल उपमहानगरपालिका–५ मा गैडाको खागको कारोबार हुँदैछ भन्ने विशेष  सूचनाका आधारमा हरियाली होटल एण्ड लजको चौथो तलाको कोठा नम्बर ११८ मा शंकाष्पद रुपमा बसेका तीनजनाको शरीर खानतलासी गर्ने क्रममा गैडाको खाज जस्तो वस्तु फेला परेको रुपन्देही प्रहरीले जनाएको छ । तीन जनामध्ये सुमन न्यौपानेले लगाएको ज्याकेटको बाँया भित्री गोजीमा कालो रंगको ४ इञ्च गोलाई, ४ इञ्च लम्बाई भएको गैडाको खाग जस्तो वस्तुसहित तीनजनालाई नियन्त्रणमा लिइ थप अनुसन्धानको लागि डिभिजन वन कार्यालय रुपन्देहीमा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) नवरत्न पौडेलले बताए ।

    त्यस्तै प्रहरीले लागुऔषधसहित बुटवलबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–२ पुष्पनरसिंह टोलमा बस्ने २० वर्षिय जाबेद खान रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

    ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले बुटवल–२ स्थित पुष्पनरसिंह टोलमा लागुऔषधको कारोबार हुँदैछ भन्ने विशेष सूचनाको आधारमा जाबेद खानको शरीर खानतलासी गर्दा खानले समातेको कालो प्लाष्टिकभित्र लुकाईछिपाई राखेको अवस्थामा लागुऔषध फेला परेको हो । 

    प्लाष्टिकभित्र नुफिन २४ एम्पुल, सेरिक ज्याक २४ एम्पुल र उनको साथबाट ९८६७१६६५३३ र ९८१४४३२२१४ नम्बरको सिम प्रयोग भएको आइटेल कम्पनीको निलो कालो रंगको किप्याड मोबाइल र विभिन्न दरका नोट गरी नगद ५ हजार बरामद गरिएको प्रहरीले जनाएको छ ।

    लागुऔषध, मोबाइल र नगद बरामद गरी खानलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवंं प्रहरी नायव उपरीक्षक (डीएसपी) नवरत्न पौडेलले जानकारी दिए ।



    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij