सिओल – दक्षिण कोरिया सरकारले लामो समयदेखि उडानको प्रतिक्षामा रहेका ईपियस उत्तिर्ण नेपाली सहित १६ देशका ६६ हजार विदेशी श्रमिकलाई सन २०२२ भित्र कोरिया ल्याईसक्ने भएको छ ।
आप्रवासी श्रमिक निति निर्धारण समितिको शुक्रवार बसेको वैठकले उक्त निर्णय गरेको प्रवासी श्रमिक युनियनका अध्यक्ष उदय राईले जानकारी दिए ।
सरकारको उक्त निर्णयसँगै ईपियस भाषा परीक्षा उत्तिर्ण गरेर पनि कोरोना महामारीका कारण कोरिया प्रवेश गर्न नपाएका श्रमिकलाई राहत मिलेको छ । कोरोनाका कारण यहाँ आउन नपाएका १६ देशका श्रमिकको संख्या उत्पादनमुलक क्षेत्रमा ४३ हजार, कृषि तथा पशुपालनमा ९ हजार ९ सय ३०, मत्स्यपालन क्षेत्रमा ४ हजार ६ सय ४०, निर्माण क्षेत्रमा ३ हजार ९ सय ७० जना र सेवा क्षेत्रमा २ सय ६० जना रहेको छ ।
यसरी तोकिएको कोटा मध्य नयाँ भाषा पासरहरु ४२ हजार ५ सय ३० जना रहेका छन । त्यस्तै पुनः प्रवेश गर्ने कमिटेड श्रमिक २३ हजार ४ सय ७० जना रहने उल्लेख छ ।
नयाँ पास भएका श्रमिकको हकमा २०२२ देखि प्रत्येक तीन महिनामा रोजगार अनुमतिपत्र जारी गरिने र पुनः प्रवेश गर्ने श्रमिककालागि प्रकृया पुरा गर्दै ल्याईने बताईएको छ ।
यस्तै सरकारले आगामी जनवरी १ देखि अप्रिल १२ भित्र ३ वर्ष वा ४ वर्ष १० महिनाको भिषा अवधी समाप्त हुने आप्रवासी श्रमिकको भिषा थप १ वर्ष थप गरिदिने पनि निर्णय गरेको छ । यस अवधीमा भिषा सकिने श्रमिकको संख्या २६ हजार ३५ रहेको छ । कोरोना महामारीको अवस्था हेरेर अप्रिल १२ पछि भिषा सकिने श्रमिकको पनि भिषाका विषयमा थप निर्णय लिईने बताईएको छ ।