images

शुक्रवार, बैशाख २१ गते २०८१

रुपन्देहीमा अवैध सालको काठ बरामद

रुपन्देहीमा अवैध सालको काठ बरामद

images
images
images
शनिवार, मंसिर २५ २०७८
शनिवार, मंसिर २५ २०७८
  • रुपन्देहीमा अवैध सालको काठ बरामद

    भैरहवा, २५ मंसिर ।
    रुपन्देही प्रहरीले अवैध सालको कोठ र पिकअप जीपसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको टोलीले कञ्चन गाउँपालिका–४ थकालीचोकबाट अवैध सालको काठ र पिकअप जीपसहित दुई जनालाई नियन्त्रणमा लिएको हो । 

    images
    images
    images

    पक्राउ पर्नेमा रुपन्देहीको देवदह नगरपालिका–६ केवलीका पिककप जीप चालक २९ वर्षिय सन्त सिङ्जाली मगर र देवदह–८ का काठधनी २६ वर्षिय विवेक गौतम रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) नवरत्न पौडेलले बताए । लु ३ च २४८१ नम्बरको बलेरो पिकअप जिपमा सालको काठको तयारी झ्याल ६ थान, ७ फुटको चिरान सालको काठ १८ थान, ६ फुटको चिरान काठ २० थान, ५ फुटको सालको चिरान काठ २४ थान, ४ फुटको सालको चिरान काठ ६ थान, ३ फुटको चिरान सालको काठ २४ थान, .५ फुटको चिरान सालको काठ २ थान गरी जम्मा १ सय थान अन्दाजी ५७.६२ (क्यूफिट) अन्दाजी ३ लाख मूल्य वरावरको झ्याल ढोकाको चौकासहरु नियन्त्रणमा लिइएको डीएसपी पौडेलले जानकारी दिए । 

    उक्त काठ ओसारपसार गर्ने अनुमति भएको कुनै कागजात उनीहरुसंग नभएकाले बरामद काठ, बलेरो पिककप जीप, चालक र काठधनीलाई नियन्त्रणमा लिइ आवश्यक कारवाहीका लागि कञ्चन सव डिभिजन वन कार्यालय फायलाईन रुपन्देही पठाइएको रुपन्देही प्रहरीले जनाएको छ ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij