२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

लायन्स सिद्धार्थनगर गौतमबुद्धद्वारा बसन्तपुर स्वास्थ्य केन्द्रलाई पानी टंकी हस्तान्तरण

बिहिवार , आश्विन २२, २०७७

भैरहवा, २२ असोज ।
लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धले रुपन्देहीको ओमसतिया गाउँपालिका–४ स्थित बसन्तपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई हात धुने पानी टंकी हस्तान्तरण गरेको छ । ‘हात धोऔं कोरोनाबाट बचौं, लायन वर्ष २०२०/२१ भव्य बनाऔं’ भन्ने नाराका साथ मंगलम पाइप्स एण्ड टयांकस्को सहकार्यमा क्लबले बिहीबार उक्त पानी टंकी हस्तान्तरण गरेको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स डिष्ट्रिक इन्टरनेशनल ३२५ बी टु नेपालका स्ट्रेटेजिक चिफ पीएमजेएफ नवराज न्यौपानेले लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धले पुनित कार्य गरेको बताए । उनले स्वास्थ्य केन्द्रलाई केही भए पनि राहत मिलेको बताए । स्वास्थ्य केन्द्रमा आउने सेवाग्राहीलाई हात धुने वातावरण सिर्जना गर्न उनले स्वास्थ्य केन्द्रलाई आग्रह गरे । स्थापनाको छोटो अवधिमै क्लबले रचनात्मक कार्य गर्दै आएको उनको भनाइ छ ।

लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्ध वर्ष २०२०/२१ का अध्यक्ष एमजेएफ अरुण कुमार मिश्राले स्वास्थ्य केन्द्रलाई थप केही आवश्यकता भए क्लब पुनः सहयोग गर्न तयार रहेको बताए । उनले सेवा गर्नु नै लायन्सको कार्य रहेको बताए ।
लायन्स  डिष्ट्रिक इन्टरनेशनल ३२५ बी टु नेपालका इभ्यालुयसन टिम हेड विनोद खरेलले स्थापना कालदेखि नै क्लबले राम्रा कार्यक्रमहरु गर्दै आएको र क्लबका सम्पूर्ण सदस्यहरु सक्रियताका साथ समाजसेवामा लागेको बताए ।

लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धका संस्थापक अध्यक्ष तथा लायन्स  डिष्ट्रिक इन्टरनेशनल ३२५ बी टु नेपाल एरिया–४ का कोषाध्यक्ष एमजेएफ गौतम कुमार गुप्ताले लायन्सको सेवाको भावना अनुसार नै क्लब अगाडी बढेको बताए ।  
लायन्स  डिष्ट्रिक  इन्टरनेशनल ३२५ बी टु नेपाल एरिया–४ का जोनचेयरपर्सन ओम जैसीले क्लबले सामाजिक उत्तरदायित्वका कार्यहरुलाई निरन्तरता दिनुपर्ने बताए ।

बसन्तपुर प्राथमिक स्वास्थ्य केन्द्र इञ्चार्ज अरुण खरेलले लायन्सले महत्वपूर्ण कार्य गरेको र आगामी दिनमा क्लबसंग सहकार्य गर्दै अगाडी बढ्ने बताए ।

समाजसेवी तथा बसन्तपुर प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समिति सदस्य श्रवण कुमार पाण्डेयले स्वास्थ्य केन्द्रमा हात धुनको लागि रहेको समस्यालाई मध्यनजर गर्दै क्लबले पानी टंकी हस्तान्तरण गर्ने कार्य सराहनीय रहेको बताए । उनले भविष्यमा पनि स्वास्थ्य केन्द्रले क्लबबाट सहयोगको अपेक्षा राखेको बताए ।

लायन्स क्लब अफ भैरहवा लुम्बिनीका संस्थापक अध्यक्ष रवि कुमार रौनियारले लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धले महत्वपूर्ण कार्यक्रमहरु गरेको बताए । उनले क्लबसंग लायन्स क्लब अफ भैरहवा लुम्बिनीले पनि सहकार्य गर्ने बताए ।
कार्यक्रम संयोजक मनमित सिंह गान्धीको स्वागत, क्लबका सह–सचिव सुमेर विक्रम खांणको ध्वजा अभिवादन तथा सचिव राजन शुक्लाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

क्लबले यस अघि भैरहवाको देवकोटाचोकमा हात धुने पानी टंकी जडान गरिसकेको क्लबका तृतीय उपाध्यक्ष रविकान्त उपाध्यायले जानकारी दिए ।