२०८३, बैशाख ६ गते

Apr 19 2026 | २०८३, बैशाख ६ गते

सम्मरीमाईका बाढीप्रभावितलाई लायन्स सिद्धार्थनगर टुलिपको राहत

बिहिवार , आश्विन २२, २०७७

  • 4.8K
    Shares
  • 4.8K
    Shares
  • भैरहवा, २२ असोज । 
    लायन्स क्लब अफ सिद्धार्थनगर टुलिपले रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवार अन्तर्गत सम्मरीमाई गाउँपालिकाका बाढीप्रभावितहरुलाई राहत सामाग्री प्रदान गरेको छ । क्लबले गाउँपालिकाका ३० घरपरिवारलाई खाद्यान्न सामाग्री उपलब्ध गराएको हो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स डिष्ट्रिक इन्टरनेशनल ३२५ बी टु नेपालका स्ट्रेटेजिक चिफ पीएमजेएफ नवराज न्यौपानेले क्लबले आगामी दिनमा पनि यस्तै कार्यहरुलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

    त्यस्तै सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु), लायन्स डिष्ट्रिक इन्टरनेशनल ३२५ बी टु नेपालका इभ्यालुयसन टिम हेड विनोद खरेल, लायन्स क्लब अफ सिद्धार्थनगर सेन्टिनियलका अध्यक्ष राजेन्द्र थापा लगायतले बोल्दै लायन्स क्लब अफ सिद्धार्थनगर टुलिपले पुनित कार्य गरेको बताए ।

    क्लबका कार्यवाहक अध्यक्ष माया सारु मगरको अध्यक्षता, कार्यक्रम संयोजक नुमा ज्ञवाली स्वागत तथा सचिव निर्मला श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।