
बिहिवार , आश्विन २२, २०७७
भैरहवा, २२ असोज ।
प्रतिनिधिसभा सांसद तथा पूर्व कृषिमन्त्री छबिलाल विश्वकर्माले गाउँगाउँमा विकासको लहर सुरु भएको बताएका छन् । उहनले समाजको विकासमा पुरुष मात्र नभइ महिलाहरुले पनि अगुवाइ गरिरहेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सपना पुरा हुने दिशामा समाज अगाडी बढेको दावी गरे ।
संजिवनी आमा समुह तिलोत्तमा–१२ बर्मेलीटोलको सामुदायिक भवन तथा सभाहलको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै विश्वकर्माले कोरोनाले महामारीले सबै क्षेत्रलाई समस्यामा पारेको भन्दै प्रत्येक नागरिक सचेत हुदै अगाडी बढनुको विकल्प नरहेको बताए ।
कार्यक्रममा राष्ट्रिसभा सदस्य गोपाल भट्टराईले महिलाहरुको अगुवाइमा समाजको विकास क्रम सुरु भएको भन्दै खुशी व्यक्त गरे । उनले पिछडिएको क्षेत्रमा विकासको क्रम सुरु भएको भन्दै पूर्वाधार निर्माण तथा आर्थिक विकासले फड्को मार्ने बताए ।
कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नम्बर १२ का वडाअध्यक्ष सहदेव थारुले निर्वाचनका बेला गरेका प्रतिवद्धताहरु पुरा हुँदै गएको भन्दै वडाको विकासका लागि आफुहरु लागिपरेको दावी गरे ।
कार्यक्रममा भवन निर्माण अनुगमन समितिका सदस्य खुमराज कंडेलले आयव्यय सार्वजनिक गरेका थिए ।
सामुदायिक भवन तथा सभाहल निर्माण समितिका अध्यक्ष ईश्वरी ज्ञवालीको अध्यक्षता, संजिवनी आमा समुह तिलोत्तमा १२ का अध्यक्ष गोपी पाण्डेको स्वागत र सालीग्राम ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij