२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

दाङमा स्कुल बसको ठक्करबाट बालकको मृत्यु

सोमवार , मंसिर २७, २०७८

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • दाङ, २७ मंसिर ।
    दाङमा स्कुल बसले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार घोराही उपमहानगरपालिका–६ अगेरा निवासी रोहित पाण्डेको दुई वर्षीय छोरा आहाना पाण्डेको मृत्यु भएको हो । 

    सोही ठाउँबाट विद्यार्थी लिएर अगेरातर्फ आउँदै गरेको ना३ख ९९९३ नंको बसले सोमबार बिहान सवा १० बजे ठक्कर दिँदा गम्भीर घाइते भएका बालकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ल्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । उनको टाउकामा गम्भीर चोट लागेको थियो । ठक्कर दिने बस बबई स्टार लिटिङ बोर्डिङ स्कुलको रहेको प्रहरीले बताएको छ । रासस