२०८२, माघ ३ गते

Jan 17 2026 | २०८२, माघ ३ गते

अनेरास्ववियुद्वारा भैरहवा बहुमुखी क्याम्पस बीबीएस प्रथम वर्षमा संगठन विस्तार

मंगलवार , मंसिर २८, २०७८

  • 4.6K
    Shares
  • 4.6K
    Shares
  • भैरहवा, २८ मंसिर ।
    नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन विद्यार्थी संगठन (अनेरास्ववियु)ले भैरहवा बहुमुखी क्याम्पस संगठन विस्तार अभियान लाई तीव्रता दिएको छ । मंगलबार व्यवस्थापन संकाय अन्तर्गत स्नातक तह प्रथम वर्ष (बी.बी.एस.) नेपाली माध्यममा संगठन विस्तार तथा परिचयपत्र वितरण गरिएको अनेरास्ववियु भैरहवा बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष सागर न्यौपानेले बताए ।

    मोहम्मद आर्या खानको अध्यक्षतामा ५३ सदस्यीय कक्षा कमिटी गठन गरिएको न्यौपानेले जानकारी दिए । जसको उपाध्यक्षमा अजय कुमार पाल, सचिवमा प्रद्युमन नायक, सह–सचिवमा मात्रिका यादव, पप्पु सिंह र कोषाध्यक्षमा प्रियंका चौधरी रहेका छन् ।

    त्यस्तै सदस्यहरुमा अस्मिता घिमिरे, एलिजा पौडेल, सुनिल पाण्डे, सोहन चौधरी, सुगम सहानी, दयाराम तिवारी, अमन वि.क., रोहन कुमार थारु, दिपेन्द्र चौधरी, विरेन्द्र भर, आशिष राना, रमन कर्ण, पवन मौर्य, बन्दना मौर्य, काम्यादिन खान, ओमप्रकाश सहानी, सीता पासी, प्रिती लोनिया, राहुल गुप्ता, ब्रिजेश यादव, अक्षय हरिजन, सोनु कोहार, माया यादव, कञ्चना यादव, सृष्टि यादव, सानिया यादव, अंगद हरिजन, आकाश धोबी, मनिता यादव, सीमा टोमाटा, सरु घिमिरे, राधिका चापागाई, बृजेश यादव, रामजित कुर्मी, सुरज जैसवाल, विशाल यादव, राहुल गुप्ता, शोभा थारु, लक्ष्मी थारु, शोभा जैसवाल, इन्दु लक्ष्मी चौधरी, राजकुमारी चौधरी, तुल्सा खनाल, रामहरि कुर्मी, लक्ष्मी चौधरी, पवित्रा ज्ञवाली र राजकुमार दुवे रहेका छन् ।

    संगठन विस्तार तथा परिचयपत्र वितरण कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय सदस्य सरोज ठकुरी, रुपन्देही जिल्ला सह–सचिव भिम भण्डारी, जिल्ला सदस्य सुनिल खनाल, भैरहवा बहुमुखी क्याम्पस कमिटीका सह–सचिव मनोज पन्त लगायतको उपस्थिति रहेको थियो ।