२०८२, श्रावण १४ गते

Jul 30 2025 | २०८२, श्रावण १४ गते

रुपन्देहीबाट अवैध लागुऔषधसहित दुईजना पक्राउ

मंगलवार , मंसिर २८, २०७८

भैरहवा, २८ मंसिर ।
रुपन्देहीबाट अवैध लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दघाट सुस्ता पश्चिम) पाल्हिनन्दन गाउँपालिका–२ का २६ वर्षिय धनेश यादव र रुपन्देहीको देवदह नगरपालिका–२ का २५ वर्षिय दुधनाथ यादव रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । 

देवहद नगरपालिका–२ स्थित पेटवनियामा लागुऔषधको कारोबार हुँदैछ भन्ने विशेष सूचनाको आधारमा युपी ५३ जेड ३५९७ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा धनेश र दुधनाथलाई रितपूर्वक खानतलासी गर्दा लागुऔषध फेला परेको प्रहरीले जनाएको छ । 

दुधनाथले लगाएको रातो र कालो रंगको ज्याकेटको दाया खल्तीमा कालो रंगको प्लाष्टिक भित्र कार्टुन टेपले बेरी लुकाइराखेको अवस्थामा फेनारगन, नुफिन र डाइजेपाम ५५÷५५ सीसी लागुऔष फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) नवरत्न पौडेलले बताए । फेला परेको लागुऔषध बरामद गरी मोटरसाइकलसहित उनीहरुलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।