२०८२, श्रावण १४ गते

Jul 30 2025 | २०८२, श्रावण १४ गते

प्रेस चौतारीको बैठक लुम्बिनीमा

मंगलवार , मंसिर २८, २०७८

काठमाडौं, २८ मंसिर ।
प्रेस चौतारी नेपालले नवौँ राष्ट्रिय अधिवेशनको मिति निर्धारणलगायत विषयमा छलफल गर्न आउँदो पुस १० र ११ गते रुपन्देहीको लुम्बिनीमा केन्द्रीय कमिटीको बैठक आह्वान गरेको छ । 

सो संगठनले केन्द्रीय कमिटीमा अनुशासनको कारबाहीबाट हटाइएर रिक्त स्थानमा थप मनोनयन र एकता प्रक्रियाबाट आएकालाई समायोजन गरेपछि पहिलो पटक केन्द्रीय बैठक तय गरिएको अध्यक्ष गणेश बस्नेतले जानकारी दिए ।

आगामी फागुनभित्र अधिवेशन सम्पन्न गरिने कार्ययोजना बनाइएको छ । रासस