
मंगलवार , मंसिर २८, २०७८
बुटवल, २८ मंसिर ।
उपभोक्ताहरु घरको कोेठा आकर्षक र उत्कृष्ट बनाउन सजावटमा विशेष चासो दिएर राम्रै खर्च गरेको पाउँछौ । पछिल्लो समय टायल लगाउँदै आएका उपभोक्ताहरु पार्केटिङ विकल्पका रुपमा प्रयोग गर्ने गरेका छन । उपभोक्ताको यही मागलाई मध्यनजर गरी विश्वविश्यात ईन्टरियर डिजाईनिङ थाइलैण्डको भानाचाई ग्रुपको होम डेकोरका सबै खाले सेवा बुटवलको कालिकानगरस्थित हिमालयन ईन्टरियरबाट दिदै आएको छ ।
पार्केटिङसंगै विभिन्न डिजाइनका डोर, मोेडलर किचन, फर्निचर आईटमहरु सोफासेट, डाईनिङ टेबल कुर्चीहरु समेत सोरुममा उपलब्ध हुने ईन्टरियरका म्यानेजिङ डाईरेक्टर बालकृष्ण मैनालीले बताए । स्वास्थ्यप्रति सचेत उपभोक्ताहरु वातानुुकल कोठाका लागि समेत पार्केटिङमा आर्कषित भएको उनको दावी छ ।
टायल लगाइएको कोठा जाडोमा धेरै चिसो र गर्मीमा तातो हुने हुँदा पनि अहिले बजारमा पार्केटिङ निक्कै उपयुक्त भएको उनी बताउँछन् । स्पेशल मेशिनबाट काठको धुलोबाट यो बनाइने भएकाले पनि यो वातावनुकुल कोठा बनाउन उपयुक्त हुने उनले बताए । विशेष गरी ८ र १२ एमएम गरी दुई साईजका विभिन्न डिजाइनमा पार्केटिङ उपलब्ध रहेको छ ।
पार्केटिङ १५ वर्ष वारेन्टी र १० वर्ष ग्यारेण्टी रहेको छ । साथै यो फायर प्रुफ, वाटरप्रुफ र स्क्रयाच प्रुफ समेत रहेको उनले बताए । त्यसै गरी आर्कषक ढोकाहरु १० वर्ष ग्यारेण्टी रहेको उनले बताए । उपभोक्ताहरुको माग अनुसार कोठाहरुको साइज अनुसार इञ्जिजियरबाट डिजाईनिङ र दक्ष कर्मचारीबाट फिनिसिङसम्मको सेवा कार्यालयबाट दिइने उनले बताए । काठमाडौंमा मुख्य कार्यालय रहेको भानाचाइको बुटवलमा शाखा कार्यालय रहेको छ । काठमाडौंमा ३ वटाका साथै बिर्तामोड, ईटहरी, पोखरा, नारायणगढ शाखाबाट सेवा दिदै आएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij