२०८३, बैशाख १९ गते

May 02 2026 | २०८३, बैशाख १९ गते

रुपन्देहीमा अवैध सिमलको काठ बरामद

बिहिवार , पौष १, २०७८

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • भैरहवा, १ पुस ।
    रुपन्देही प्रहरीले अवैध सिमल जातको काठ बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको टोलीले मायादेवी गाउँपालिका–४ बाट ८० हजार बराबरको सिमल जातको काठको गोलिया २० थान (३५ क्युफिट) फेला पारी बरामद गरेको हो ।

    लु २ त १९०१ नम्बरको ट्याक्टरमा लोड गरी ल्याउँदै गरेको उक्त अवैध काठ बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी ट्याक्टरसहित डिभिजन वन कार्यालय भैरहवा पठाइएको रुपन्देही प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) नवरत्न पौडेलले बताए ।