images

सोमवार, बैशाख २४ गते २०८१

घुस रकमसहित रुपन्देहीका एक वडासचिव अख्तियारको नियन्त्रणमा

घुस रकमसहित रुपन्देहीका एक वडासचिव अख्तियारको नियन्त्रणमा

images
images
images
शुक्रवार, पौष २ २०७८
शुक्रवार, पौष २ २०७८
  • घुस रकमसहित रुपन्देहीका एक वडासचिव अख्तियारको नियन्त्रणमा

    भैरहवा, २ पुस ।
    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको एक वडा सचिव (नायब सुब्बा) लाई घुस रकमसहित नियन्त्रणमा लिएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ को कार्यालयका वडा सचिव  मोहम्मद सिद्धिक घुस रकमसहित पक्राउ परेका हुन् ।

    images
    images
    images

    विवाह दर्तामा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग रु. ३ हजार घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले सिद्धिकलाई नियन्त्रणमा लिएको हो ।

    घुस लिइसकेको अवस्थामा उक्त रकमसहित सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ को कार्यालयबाट उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले बताए ।


    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij