images

मंगलवार, बैशाख २५ गते २०८१

तिलोत्तमाका ५१ जना किशोरीलाई साईकल वितरण

तिलोत्तमाका ५१ जना किशोरीलाई साईकल वितरण

images
images
images
शुक्रवार, पौष २ २०७८
शुक्रवार, पौष २ २०७८
  • तिलोत्तमाका ५१ जना किशोरीलाई साईकल वितरण

    भैरहवा, २ पुस ।

    images
    images
    images

    रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ५१ जना किशोरीहरुलाई साईकल वितरण गरिएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत गरिव, विपन्न, दलित, पिछडिएको वर्गका ५१ जना किशोरीहरुलाई वडा कार्यालयको सिफारिसको आधारमा शुक्रबार साईकल प्रदान गरिएको हो ।

    ग्रीन–वे नेपाल अभियान अन्तर्गत् तिलोत्तमा नगरपालिका, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम, एनसेल, कान्तिपुर मिडिया ग्रुप, साईकल सिटी बुटवल र साइकल सिटी नेटवर्क नेपालको सहकार्यमा किशोरीहरुलाई साईकल वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

    कार्यक्रममा नगरप्रमुख बासुदेव घिमिरेले  स्वस्थ जीवन र स्वच्छ शहरका लागि साईकल यात्रा अभियान प्रवद्र्धन गर्न किशोरीहरुलाई साईकल प्रदान गरिएको बताए । साईकल प्राप्तिले किशोरीहरुलाई विद्यालयसम्म पुग्न सहज हुने र त्यसले उनीहरुको अध्ययन कार्यमा टेवा पुर्याउने नगर प्रमुख घिमिरेको विश्वास छ । तिलोत्तमालाई वातावरणमैत्री नगरको रुपमा विकास गरिएको बताउँदै उनले साईकल चलाउने संस्कारको विकासका लागि मोबाइल एप समेत सञ्चालनमा ल्याइने जानकारी दिए । साईकल चलाउँदा व्यक्तिको स्वास्थ्य पनि राम्रो हुने भएकोले तिलोत्तमालाई साईकल सिटीको रुपमा समेत विकास गरिने उनको भनाइ छ । तिलोत्तमाले गत वर्ष एक सय भन्दा बढी श्रमिक महिलाहरुलाई साईकल वितरण गरेको थियो ।

    कार्यक्रममा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमका लुम्बिनी–गण्डकी प्रमुख सुदीप अर्यालले दिगो विकासको लागि साईकल प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिएको बताउँदै यो कार्यक्रमले वातावरण संरक्षणमा टेवा पुर्याउने बताए । साइकल सिटी नेटवर्क नेपालका उपाध्यक्ष निवेश दुगडले साईकल प्रयोगकर्ता बढाउन सके बढ्दो वायु प्रदूषण न्यूनीकरणमा टेवा पुग्ने र त्यसले मानव स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताए ।

    एनसेलका स्वस्तिक घिमिरेले साईकल चलाउने अभियानले शहरको वातावरण संरक्षण गर्ने उल्लेख गरे । नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीको सञ्चालनमा भएको कार्यक्रममा साईकल व्यवसायी संघ रुपन्देही, साईकल सिटी बुटवललगायतका संघ–संस्थाका प्रतिनिधिहरुले साईकल चलाउँदा व्यक्तिको स्वस्थ र वातारणमा पर्ने बारेमा चर्चा गरेका थिए । कार्यक्रम पश्चात नगरप्रमुख बासुदेव घिमिरे, उपप्रमुख जगेश्वरदेवी चौधरीलगायतका जनप्रतिनिधि तथा साईकल प्राप्त गरेका किशोरीहरुले साईकल र्याली समेत गरेका थिए । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij