images

मंगलवार, बैशाख २५ गते २०८१

रुपन्देहीमा आजदेखि युवा उद्यमी सम्मेलन

रुपन्देहीमा आजदेखि युवा उद्यमी सम्मेलन

images
images
images
शनिवार, पौष ३ २०७८
शनिवार, पौष ३ २०७८
  • रुपन्देहीमा आजदेखि युवा उद्यमी सम्मेलन

    बुटवल, ३ पुस ।
    नेपाली युवा उद्यमी मञ्च रुपन्देहीको आयोजानमा पहिलोपटक युवा उद्यमी सम्मेलन आजदेखि सुरु हुने भएको छ । जसको तयारी पुरा भएको हो । तिलोत्तमा नगरपालिकाको ड्राईभरटोलमा रहेको होटल एसआर प्रालिमा आयोजना हुने युवा उद्यमी सम्मेलनमा देशभबाट युवा उद्यमीहरु सहभागी भएका छन् । युवा उद्यमशिलता विकास गर्ने, नयाँ उद्यमीहरुको  खोजी तथा सम्भावनाको विषयमा सरकार, युवा र उद्यमशिलताको विषयमा सम्मेलन केन्द्रीत हुने अध्यक्ष प्रदिप शाक्यले जानकारी दिए ।

    images
    images
    images

    स्वदेशभित्र नै युवा उद्यमशिलता जागरण पैदा गर्नको लागि पहिलोपटक रुपन्देहीका यस्तो प्रकृतिको कार्यक्रम आयोजना गर्न लागिएको हो । सम्मेलनमा विभिन्न उद्यमहीले आफ्नो प्रस्तुती समेत दिनेछन् भने सरकारीतर्फबाट प्रदेश योजना आयोगको समेत प्रस्तुतीकरण रहनेछ ।

    कार्यक्रम संयोजक सन्देश श्रेष्ठका अनुसार २ सय देखि ३ सय ५० भन्दा बढी युवा उद्यमीहरुको सहभागीता हुने अपेक्षा लिइएको छ । सम्मेलनमा लोट्स होल्डीङ्गका संस्थापक अजित विक्रम शाह, ई–सेवा फोन पे प्रालिका अध्यक्ष अग्सर अली, टोलेका संस्थापक शिक्षित भट्ट, कारखानाका संस्थापक पवित्रा गौतम, कृषि विज्ञ राजेन्द्र देवकोटा, अन्तरप्रेणाका संस्थापक निरज खनाल, थ्रि एच म्यानेजमेन्टका सिईयो मोहनबाबु कार्की, लुम्बिनी प्रदेश योजना आयोगका सदस्य तथा प्रवक्ता डा. दामोदर भुषाल, मेघा बैंक लिमिटेडका प्रबन्धक विप्लबी त्रिपाठी, सिद्धार्थ ईन्टरनेशनल कलेजका प्राध्यापक राम प्रसाद खरेल, मेल्टीज बुटवलका प्रविना खनाल, साधना नेपाल ईण्डष्ट्रीजका संस्थापक हिमाल बेल्बास लगायतको विशेष प्रस्तुतीकरण रहनेछ ।

    युवा सम्मेलनबाट खास गरी युवा उद्यमीहरुको बीचमा सम्पर्क सवाल विस्तार, नयाँ आउन लागेका उद्यमीहरुको बीचमा प्रेरेणादायी सम्बन्ध विस्तारका साथै व्यवसायिक भावनाको एकता, नयाँ व्यवसाय सुरुवातको प्रक्रिया, अवसर, चुनौतिको विषयमा छुट्टाछुट्टै प्यानल छलफल कार्यक्रम समेत आयोजना गरिने भएको छ ।
     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij