२०८३, बैशाख १९ गते

May 02 2026 | २०८३, बैशाख १९ गते

लायन्स भैरहवा ग्रीन सिटी वीरगंजमा

शनिवार , पौष ३, २०७८

  • 3.2K
    Shares
  • 3.2K
    Shares
  • वीरगंज, ३ पुस । 
    लायन्स क्लब अफ भैरहवा ग्रीन सिटी लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालको सेकेन्ड डिष्ट्रिक क्याबिनेट मिटिङमा शनिवार सहभागि भएको छ । क्लबका अध्यक्ष गोविन्द प्रसाद गिरीको नेतृत्वमा १० जनाको टोली वीरगंजस्थित क्लार्क होटलमा पुगेको हो । 

    क्लबबाट प्रथम उपाध्यक्ष श्रीबहादुर रायमाझी, द्वितीय उपाध्यक्ष मनोज क्षेत्री, सचिव थानेश्वर पाण्डे (प्रकाश), कोषाध्यक्ष बिना पौडेल, सह–कोषाध्यक्ष संगिता सिंह, निर्देशक अनिल थापा लगायतको सहभागिता रहेको क्लबका सह–सचिव लाल बहादुर थापाले बताए । 
    लायन्सको अन्तर्राष्ट्रिय पद्दति अनुसार भएको मिटिङमा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका  ५ सय ९ क्लबबाट १ हजार ६ सय जनाको सहभागि डिष्ट्रिक गभर्नर राम प्रसाद भट्टले जानकारी दिए । यो मिटिङमा विभिन्न निर्णयहरु गरिएको छ । 

    गभर्नर भट्टका अनुसार मिटिङबाट लायन्स क्लब ३२५ बी २ नेपालको तेस्रो क्याबिनेट मिटिङ बुटवलमा गर्ने, नेपाल लायन्स फाउण्डेशनबाट डिष्ट्रिक ३२५ बी २ नेपालका विभिन्न क्लबहरुले प्रस्ताव गरेको प्रोजेक्टहरुलाई फाउण्डेशनमा सिफारिस गरेको छ । 
    चितवनको सुकुम्बासी बस्तीमा चाइल्ड केयर सेन्टर स्थापना गर्ने, वीरगंजको एक सरकारी विद्यालयलाई क्यान्टिन निर्माण र बुटवलम ब्रेस्ट क्यान्सर अस्पताल निर्माणका लागि अन्तराष्ट्रिय लायन्सलाई प्रोजेक्ट पठाउने निर्णय गरेको गभर्नर भट्टले जानकारी दिए ।