
शुक्रवार , आश्विन २३, २०७७
बुटवल २३ असोज । लुम्बिनी प्रदेशका सभामुख पूर्ण बहादुर घर्तीलाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार बिहान लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना परीक्षण जाँच गरिएकोमा उनमा कोरोना पोजेटिभ देखिएको हो ।
कोरोना जाग्दा जस्तै लक्षण देखिएपछि अस्पतालको इमरजेन्सी एक्सपर्ट टेस्टबाट गरिएको परिक्षण गरिएको थियो । उनलाई रुघाखोकी लगाएतका सामान्य लक्षण देखिएको र अहिले होम आइसोलेशनमा बसेको सभामुख घर्तीले बताए ।
यस अघि लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीलाई पनि कोरोना पुष्टि देखिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij