२०८३, बैशाख १९ गते

May 02 2026 | २०८३, बैशाख १९ गते

प्रेस चौतारी दाङमा नयाँ कार्यसमिति

मंगलवार , पौष ६, २०७८

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • दाङ, ६ पुस ।
    प्रेस चौतारी नेपाल दाङको नवौँ जिल्ला अधिवेशन सोमबार घोराहीमा सम्पन्न भएकोे छ । सो अवसरमा नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले जनतालाई सही र सत्य सूचना दिने सञ्चारकर्मीको दायित्व भएको बताए ।

    महासचिव पोखरेलले नागरिकलाई सही सूचना दिने र सरकारलाई खबरदारी गर्ने काम मिडियाहरूले निरन्तर रूपमा गरिरहनुपर्ने बताए । सत्य र गलतलाई छुट्याउने सही सूचना दिनुपर्ने र सञ्चारमाध्यमले आफ्नो दायित्व भुल्न नहुने बताए । “सत्य तथ्य सूचना दिने र गलत कार्यकाविरुद्ध लेखेर खबरदारी गर्ने सञ्चार क्षेत्रको दायित्व हो”, महासचिव पोखरेलले भने ।

    नवौँ अधिवेशनले इन्द्र डिसीको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा प्रेमबहादुर राम्जा र सुुधासुुमन ढकाल, सचिवमा किरण गौतम, सह–सचिवमा चन्द्रप्रकाश नेपाली र एकराज भण्डारी र कोषाध्यक्षमा गोकर्ण पौडेल चयन भएका छन् ।

    सदस्यमा कमल ओली, नीता चौधरी, रमा नेपाली, टोपेन्द्र रोका मगर, मन्जु रोकामगर, विन्दुु कुँवर, वीरेन्द्र गिरी, अंशु बोहरा, सुुवास शर्मा, वसन्त परियार, लक्ष्मण विश्वकर्मा, अभिषेक डाँगी, प्रकाश खनाल, माधव कँडेल, अर्जुन परियार, कपिलमणि पोखरेल, हिमाल विश्वकर्मा, निमराज पोखरेल चयन गरिएको छ । रासस