२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

दाङका कोरोना संक्रमित युवाको कोहलपुरमा उपचारका क्रममा मृत्यु

शनिवार , आश्विन २४, २०७७

  • 3.2K
    Shares
  • 3.2K
    Shares
  • नेपालगञ्ज । दाङका एक जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । दाङको घोराहीका १५ वर्षीय किशोरको कोरोना संक्रमणबाट मृत्यु भएको हो । 

    कोरोना पुष्टि भएपछि नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा भर्ना भएर उपचार गराइरहेका उनको शुक्रबार राति ८ः३० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले पुष्टि गरे । 

    मृतक किशोरमा १९ गते कोरोना पुष्टि भएको र प्लाज्मा थेरापीसहित उपचारका सबै विधि अपनाउँदा पनि बचाउन नसकिएको नेपालगन्ज मेडिकल कलेज कोहलपुरले जनाएको छ ।

    योसँगै बाँकेमा जिल्ला बाहिरबाट उपचार गर्न आएकाहरुको मृत्यु हुने संख्या १२ पुगेको छ ।