२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

अनेरास्ववियुको आयोजनामा भैरहवा बहुमुखी क्याम्पसमा खेलकुद सप्ताह सुरु

बुधवार , पौष ७, २०७८

भैरहवा, ७ पुस ।
नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) भैरहवा बहुमुखी क्याम्पस कमिटीको आयोजनामा बुधबारदेखि क्याम्पसमा खेलकुद सप्ताह–२०७८ सुरु भएको छ । बुधबार पहिलो दिन क्रिकेट र भलिबल प्रतियोगिता सम्पन्न भएको छ । 

क्रिकेट प्रतियोगितामा १२ र भलिबलमा ७ वटा टीमको सहभागिता रहेको अनेरास्ववियु भैरहवा बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष सागर न्यौपानेले बताए । त्यस्तै पुस ११ गते हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्ने र उक्त प्रतियोगितामा २० वटा समूहको सहभागिता रहने न्यौपानेले जानकारी दिए । हाजिरीजवाफमा प्रत्येक समूहमा तीन जनाको विद्यार्थीहरुको सहभागि रहनेछ, न्यौपानेले भने ।

क्रिकेट प्रतियोगिताका लागि मनोज पन्थ, भलिबलका लागि समिर बस्नेत र हाजिरीजवाफ प्रतियोगिताका लागि धर्मराज कार्कीलाई संयोजकको जिम्मेवारी तोकिएको उनले बताए । 

त्यसै गरी आगामी माघ ८ गते वृहत वनभोज तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने अनेरास्ववियु भैरहवा बहुमुखी क्याम्पस कमिटीले जनाएको छ ।