२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

रुपन्देहीमा पाँच किलो चाँदीसहित दुईजना पक्राउ

बिहिवार , पौष ८, २०७८

भैरहवा, ८ पुस ।
रुपन्देही प्रहरीले भारतबाट अवैध रुपमा भित्राइएको चाँदीसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको सम्मरीमाई गाउँपालिका–६ का ४० वर्षिय कुरेश सुनार र सोही स्थानका २४ वर्षिय अनिल वर्मा रहेका छन् ।

लु १९ प ५१५९ नम्बरको मोटरसाइकलमा भारतबाट अवैध रुपमा ४ लाख ७० हजार ९ सय ८१ रुपैयाँ मूल्य बराबरको ४ किलो ९ सय ग्राम चाँदी ल्याउँदै गर्दा बुधबार कोटहीमाई गाउँपालिका–५ दुईमुहानबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) नवरत्न पौडेलले जानकारी दिए । ईलाका प्रहरी कार्यालय मझगावाबाट खटिएको टोलीले चाँदी बरामद गरेको उनले बताए । 

त्यस्तै ईप्रका मझगावाको टोलीले मायादेवी गाउँपालिका–६ बाट २ सय मिटर काचो कपडा र ६ बोरा चिनी गरी १ लाख ३१ हजार ५ सय रुपैयाँ मूल्य बराबरको सामान स्थानीयको रोहबरमा बरामद गरेको छ ।

बरामद गरिएको सामानसहित दुईजनालाई आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको रुपन्देही प्रहरीले जनाएको छ । 

त्यस्तै वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका–९ बाट पर्दा, रेडबुल, पापड, डटपेन, चिनी गरी १ लाख १२ हजार २ सय ९० रुपैयाँको सामान बरामद गरेको छ ।

त्यसै गरी इलाका प्रहरी कार्यालय मर्चवार मातहत प्रहरी चौकी दुवेथुमुवाबाट खटिएको टोलीले सम्मरीमाई गाउँपालिका–३ बाट साडी, विभिन्न कस्मेटिक सामान गरी ३२ हजार बराबरको सामान बरामद गरेको छ । बरामद गरिएका सामान आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको प्रहरीले जनाएको छ ।