२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

रोटरी क्लबद्वारा संयुक्त बैठकको आयोजना

शनिवार , आश्विन २४, २०७७

बुटवल, २४ असोज ।
रोटरी क्लब अफ बुटवलको १३३३ औं नियमित एवं संयुक्त बैठक शनिबार सम्पन्न भएको छ । क्लबले नियमित बैठकसँगै आफू मातहतका रोट¥याक्टर्स, इन्ट¥याक्टर्स, आरसिसिएस, इनरह्वील लगायतका क्लवहरुको संयुक्त बैठक आयोजना गरेको हो । 

बैठकमा रोटरी क्लब अफ बुटवल मातहतका करिब एक दर्जन क्लबहरुले सहभागिता जनाएको क्लबका अध्यक्ष सुनिल श्रेष्ठले जानकारी दिए । बैठकको सुरुमै अध्यक्ष श्रेष्ठले क्लवले अगाडि सारेको विभिन्न परियोजनाहरु र क्लबका गतिविधिहरुका बारेमा जानकारी गराएका थिए । उनले लुम्बिनी प्रादेशिक अस्पतालमा अगाडि बढाइएको क्यान्सर स्क्रीनिङ सेन्टर, आम्दा अस्पतालमा अक्सिजन प्लान्ट, वनवाटिकामा निर्माण अगाडि बढाइएको इ लर्निङ एण्ड साइन्स थिएटर, ब्लड मोवाइल कलेक्सन  भ्यानलगायतको तयारीबारे जानकारी गराएका थिए । 

त्यस्तै उनले बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा सेनटाइजर मेशिन जडान, मानव आश्रममा खानाको व्यवस्थापन, डिभाइडरमा सहयोग, सडक व्यवस्थापनलगायतका काम गरिएको जानकारी दिए । अध्यक्ष श्रेष्ठले डिष्ट्रिक गभर्नर नोमिनीका लागि एजी राजेन्द्र ध्वजूलाई अगाडि सारिएको भन्दै सहयोग गर्न सबैलाई आग्रह गरे ।

बैठकमा रोटरी क्लब अफ बुटवल साउथका अध्यक्ष प्रेम भुर्तेल, रोटरी क्लव अफ रुपन्देहीका अध्यक्ष गौतम भुसाल, रोटरी क्लव अफ दाङका अध्यक्ष चेतनारायण पाण्डे, रोटरी क्लव अफ नवलपुर कावासोतीका अध्यक्ष बाबुराम कंडेल, रोटरी क्लव अफ वसन्तपुरका अध्यक्ष चिरञ्जीवी खनाल, रोट¥याक्ट क्लव अफ बुटवलका अध्यक्ष सुमन अधिकारी, रोट¥याक्ट क्लव अफ लुम्बिनीका अध्यक्ष खिमानन्द पौडेल, आरसिसि भाटाका अध्यक्ष गोमा भुसाल, इन्¥याक्ट  क्लबकी शर्मिला पन्थी, प्रणव ज्ञवाली लगायतले आ–आफ्नो धारणा राखेका थिए । 

बैठकमा सहभागीहरुले संयुक्त बैठक आयोजना गरेकोमा रोटरी क्लब अफ बुटवललाई धन्यवाद दिंदै यस्ता बैठकलाई आगामी दिनमा पनि निरन्तरता दिन सुझाव दिएका थिए । बैठकमा रोेटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगर, रोटरी क्लब पाल्पा तानसेन, रोटरी क्लव तुलसीपुर दाङ, रोटरी क्लब कपिलवस्तु चन्द्रौटा, रोटरी क्लब पाल्पा लुम्बिनी लगायतको पनि सहभागिता थियो ।

बैठकमा आरआइ डिष्ट्रिक ३२९२ का एजी राजेन्द्र लम्साल र हरि पौडेलले रिजन फाइभमा नयाँ क्लव खोल्ने रहर चलेको र रोटरीको सामाजिक छविका  कारण यसप्रतिको आकर्षण बढ्दै गएको बताएका थिए । साथै अझै सामाजिक छवि उचो बनाउन नयाँ नयाँ परियोजनाहरु ल्याउन सुझाव दिएका थिए । उनीहरुले डिष्ट्रिकका योजना र कार्यक्रमहरुका बारेमा पनि जानकारी गराएका थिए ।
बैठकमा रोटरी क्लब अफ बुटवलका पुर्व अध्यक्ष डा. नारायण पन्थ, राजेन्द्र ध्वजू, क्लवका सचिव रोम शर्मा, रो. मणिरत्न पाण्डे लगायतले पनि बैठकमा उठेका विभिन्न विषयमा धारणा राखेका थिए ।