डेढ वर्ष बिना गल्ती कोरोनाले नजरबन्दमा पा¥यो। अफिस र घर बाहेक हिँड्न, डुल्न कतै पाइएन। कामै परेर निस्कनु अलग थियो, अन्यथा वुटवल बाहिर रमाउने दिन जुरेको थिएन। सायदै कम मान्छे होलान जो घुम्न मन पराउदैनन्। दशै अघि देखिको योजना थियो घुमफिरका लागि बाहिर कतै जाने। घुम्नका लागि पोखराको घान्दुक र बन्दिपुर मेरो रोजाईमा प¥यो। तर, संयोग जुरिरहेको थिएन।
फेरि हामि घुमघाम गर्न, साथी भाईसँगको भेटघाटमा घण्टौ बसेर गफिन निकै नै मन पराउछौ। दशैं, तिहार घुम्ने समय। दशै सकियो र सकियो तिहार पनि। मैले मनमनै रहर जगाए। साथि भाईसँगको चिया गफमा पोखराको कुश्मा जाऔं बञ्जि गरौ भने। तर, सँगै रमाउने समय कसैले जुराएनन्। अन्तिममा साथीभाइसँगको योजना असफल बन्यो। सोच आयो, अनि बिना साथि घुम्न जादा कसो होला?
मनै त हो, रहरको पखेटा अघि लागि सकेका थिए। घान्द्रुकलाई पृष्ठभूमिमा राखेर मनमनै फोटो खिचाई सकेको थिएँ। यस अघि पनि घान्द्रुक आएको तर घुम्न नपाएको नमिठो अनुभव पनि छ म सँग। पहिलो दिन पोखरा लेक साईड गएर बास बस्छु, दोस्रो दिन विहानै घान्दुक गएर त्यो रात त्यहि र, तेस्रो दिन बन्दिपुर पुग्ने र चौथो दिन घुमेर वुटवल फर्किने। मैले हिसाब लगाएँ। अन्ततः जीवन सहयात्री र म जाने योजना बन्यो। आवश्यक सामान सबै ठिक्क पारी सकेकी थिएँ। बुकिङ गरेँ। रुकस्याक बोकेर निस्कियौँ।
कात्तिक २४ गते वुटवलबाट स्याङजा हुदै पोखरा पुग्यौ। पोखरामा पुग्दा बादल फाट्यो। आकाश उघ्रियो। र माछापुच्छ्रे हिमालसँगै हिमश्रृखंला देखियो। ‘पर्सिपल्ट बिहानसम्म घान्द्रुक पुग्छु,’ अड्कल लगाएँ। अर्को दिनको विहानीले डोहो¥यो मेरो खास मन्जिल तिर। मन्जिलसम्म पुग्नका लागि पोखराको हरिचोक देखि चढ्यौ गाडि। गाडि विस्तारै गुड्दै थियो। आकाश छ्याङ्ग खुलेको थियो। गाडि भित्रबाट देखिदै थिए मनमोहक माछापुछ्रे, गङ्गापूर्ण, हिमचुली, अन्नपूर्ण हिमाल। यत्तिकैमा ४ घण्टा बितेको पत्तै भएन।
हामी करिब १ बजे घान्दुकको बसपार्क पुग्यौ। त्यहाँ पुग्दा आन्तरिक तथा बाह्य पर्यटकहरु रमाईरहेको थिए। माछापुच्छे लगायत अरु हिमालहरु हासिरहेको देख्न सकिन्थ्यो। बसपार्कबाट पश्चिम फर्केर हेर्दा देखिन्थ्यो घान्द्रुकको गुरुङ गाँउ। अन्नपूर्ण हिमालको काखमा अवस्थित घान्द्रुक गण्डकी प्रदेश, कास्की जिल्लामा अवस्थित एउटा सुन्दर गाँउ हो।
०००
घान्द्रुकमा कहलिएका सात गाउँ छन। जहाँ ७० प्रतिशत गुरुङजातीका घरहरु छन्। कोट गाउँ, माझ गाउँ, ध्यागोयार गाउँ, अडडादाइयार गाउँ, तल्लो गाउँ, डाँडागाउँ र गैरी गाउँ। घान्द्रुक गाउँको उत्तरमा अन्नपूर्ण आधार शिविरसम्म र पश्चिममा घोडेपानी–पुनहिल पदयात्रा पनि घान्द्रुकबाटनै गर्न सकिन्छ।
गुजुमुज्ज परेका ढुंगेघर, ढुंगाकै स्लेट छापिएका आँगन र एउटाको तगारोबाट छिरेपछि गाउँका सबै घरमा पुग्न सकिने चिरिच्याँट्ट परेका बाटाले गुरुङहरुको पहिचान घान्द्रुकले दिएको छ। जैविक विविधताले भरिपूर्ण घान्द्रुकमा सुनाखरी, जङ्गली फूल, गुराँस विभिन्न प्रजातिका वन पैदावार, जडीबुटी, जीवजन्तु र थरिथरिका चराचुरुङ्गीसमेत हेर्न पाइन्छ। घान्द्रुक आफैंमा पर्यावरणीय रुपले अत्यन्त सुन्दर स्थल हो।
मेरो नजर बसर्पाकमा रहेको सुचना पार्टीमा गयो, त्यहाँ भएका होटल र होमस्टेको विवरण थियो। घान्द्रुकको स्वागतद्वारमा राखिएका सूचना अनुसार घान्द्रुक गाउँमा ५० देखि ५५ होटल, २० होमस्टे छन्। होमस्टे अन्य होटल भन्दा केही सस्तो छ। त्यहाँ घरेलु वातावरणमा घान्द्रुक गाउँको बारे अध्ययन र रमाइलो लिन सकिन्छ। होमस्टेमा २० देखि २५ जनासम्म बस्न मिल्दछ। महिला र पुरुषको निम्ति छुट्टाछुट्टै कोठाको व्यवस्था छ।
नहिँडुञ्जेल हो के हुने हो, कसो हुने भन्ने चिन्ता। हिँडेपछि साथीभाइ भइहाल्दा रहेछन्। बसपार्कबाट उकालो लाग्दा भेटिए झापा दमकबाट आएका एक जोडि। एक जोडि पोखरा नै भेटिएका थिए। ३ जोडि भयौ। अनि सँगै सुरु भयो यात्रा। यात्रामा गुरुङ गाँउको म्युजिएम, भ्यु टावर, चिया बगान र शिव मन्दिरको अवलोकन ग¥र्यौ।
जति माथि पुग्दै थियौ त्यति नजिक हिमाल हुन्थ्यो। जति नजिक हिमाल देख्थेँ त्यति नै उसको सामुन्ने पुग्न मन हुने। उसकै काखमा पुगौं लाग्ने। तर, नजिक देखिएका हरेक चिज नजिक कहाँ हुन्छ र? अनेकौं खोंचमा उकाली र ओराली पार गरेर पुग्नुपर्छ त्यहाँ। केही चिज टाढाबाट हेरेको राम्रो। जति नजिक पुग्यो त्यति नै आफैंलाई गाह्रो हुने। हिमालको र मेरो दुरी मलाई सहज हुने सम्मको राख्नु थियो। मन त हिमालको काखमा रहने हुन्छ। तर, सम्भव गराउन मिल्ने भए पनि कसरी सकिने?
रमणिय दृश्य हेर्दा खानाको याद नै आएन। दिन ढल्दै जादा भोक बढ्दै गयो। गरुङ गाँउको पुरानो बस्ती डाँडा गाँउमा होमस्टेको वुकिङ गरेका थियौ। खाना खान उतै लाग्यौ। होमस्टे पुग्दा एउटा कोठा मात्र बाकि। मन ३ जोडि एकै ठाँउमा बस्ने। यात्रामा भेटिएका साथि छोड्न मन लागेन। लाग्यौ अर्को होमस्टे।
सजिलो कहाँ थियो र बास पाउन। घडिले ५ बजाई सकेको थियो, पेटले खाना खोजिरहेको। जसोतसो एउटा होमस्टे खाली भेटियो। देखिएको माछापुच्छ्रेले थकान मेटे झैं भयो। मन रमायो पेट अघायो शरीरले विश्राम एकै चोटि पायो।
केहि बेरको विश्राम र खाना पछि हामि सबै भन्दा पुरानो गुरुङ संग्राहलयमा पुग्यौ। त्यहाँ गुरुङ संस्कृति झल्कने पोशाक राखिएको थियो। हामिले पहि¥यौ, हिमाललाई पृष्ठभूमिमा राखेर तस्बिर खिच्यौ अनि नाच्यौ। साँझको हावाको झोक्काले हान्न लाग्यो, हिमालले लुकामारी खेल्न लाग्यो। मन नहँदा नहुँदै होमस्टे फर्कियौ।
घुम्न हिडे पछि रमाईलो त गर्ने प¥यो नि हैन र? आगो बालियो, स्पिकर घनकाईयो, कफिको स्वाद लिदै सुरु गरियो नाच्न। रातीको ९ बज्यो खाना तयार। खानामा लोकल कुखुराको मासु, गुन्द्रुकको अचार, हरियो साग टमाटरको चट्नि आहा ...
मन नेपाली, ठाँउ अनुसार बालिने शब्द फरक। मलाई हिमालसँगै त्यहा बोलिने शब्दमा प्रयोग गरिने आईचन, गईचन, खाईचन ट्युनले पनि उत्तिकै तान्यो। रमाउन गएको हो सुत्न त होइन। फेरि सुरु भयो नाचगान, सँगै थपिए सञ्चालक। करिब १ बजे सम्मकोे रमाईलो। पर्खाइ विहानीको।
०००
विहान उठ्न अलाराम सेट गर्नुे पर्ने हामि, यहाँ सिरसिरे हवाको झोक्काले ब्युझायो। अनि नजिकैबाट हिमालले वेलकम भनेको आभास भयो।
सुर्योदयको पहिलो किरण हिमश्रृखलामा पर्दा निकै मनमोहक केहि क्षण हटेन हाम्रो आँखा। आहा! त्यो सुनौलो माछापुच्छ्रेको दृश्य। करिब ८ बजे त्यहाँ देखि हार्दिकता सहित बिदा भयौ।
०००
यात्राको तेस्रो दिन बन्दिपुर सम्म पुग्नु पर्ने। यसअघि बन्दीपुर नआए पनि सुनेकी थिएँ। पढेकी थिएँ। त्यसैले बन्दीपुर कस्तो होला? हेर्न उत्सुक थिएँ। होमस्टेबाट निस्किने बित्तिकै मेरो मन भने बन्दिपुर पुगिसकेको थियो। त्यहाँ जान पोखरा नै फर्कनु पर्ने। साढे १२ बजेतिर पोखरा फर्केका थियौं। पोखराबाट बन्दिपुर पुग्न साढे ३ घण्टा लाग्ने।
यात्रामा भेटिएका दुई जोडिसँग छुट्टि सकेका थियौं। बन्दिपुर जाने २ बजेको गाडी थियो। त्यतिनजेल पहिलो दिन बसेको होटलमा गएर फे्रस भएर खाना खायौ। तीन दिन अघि म घान्द््रुक जाने यात्री बनेर त्यहाँ पुगेकी थिएँ। ३ दिनपछि गन्तव्य पूरा गरेको यात्री।
बन्दिपुरका लागि पहिलो पाईला नचाल्दै यात्रामा पूर्ण विराम लाग्यो। चिसो मौसमको कारणले मेरो स्वास्थ्य अवस्थामा असहजता भयो। मलाई आत्तिनु थिएन। संयमित हुनु थियो। घुमाई पटक पटक हुदैन। मेरो अडान बन्दिपुर पुग्ने। जीवन साथिको अडान मलाई लिएर वुटवल फर्केने। केहि समय पछि बन्दिपुर घुम्न आउने सर्तमा फर्किेने भयौें वुटवल।
जे हुन्छ राम्रैका लागि हुन्छ भन्दै मनका अनेक चाहानाहरु मार्दे मनसपटलमा बसेको बन्दिपुरको छापलाई त्यहि छोड्दै दिउँसो २ बजेको नारायणगढ हुँदै वुटवल आउने गाडी चढ्यौ।
कहिले आफ्नो गन्तव्यमा पुग्न ओर्लिन पर्ने त कहिले उक्लिन। तर, दुवै निकै गाह्रो! सहजता बनाउदै जाने हो जीन्दगी त्यति गाह्रो छैन।