
शनिवार , आश्विन २४, २०७७
अर्घाखाँची २३ असोज । अर्घाखाँचीमा एकै घर परिवारका ७ जना सहित एक जना स्वास्थ्यकर्मी र अन्य ३ जना सहित ११ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ ।
उनिहरुको भैरहवा जनस्वस्थ्य प्रयोगशालामा गरिएको स्वब परिक्षणमा कोरोना देखिएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विजय बरालले जानकारी दिए ।
१६ जनाको रिपोट आए मध्ये ५ जनाको नेगेटिभ र ११ जनाको पोजेटिभ रिपोर्ट आएको हो । समुदाय स्तरमा कोरोना भेटिएको छ । जस अन्तर्गत सन्धिखर्क नगरपालिका वडा नम्बर १ मा बसोबास गर्ने एकै घर परिवारका ७ जना, १ जना स्वास्थ्यकर्मी र अन्य ३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी बरालले जानकारी दिए ।
योसँगै जिल्लामा कुल संक्रमित ४ सय ५२ मध्ये हाल सम्म कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या ३ सय ९२ रहेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिए । कोरोनाका कारण जिल्ला भर ४ जनको मृत्यु भएको छ । यता जिल्लाभर अब ५६ जना सक्रिय कोरोना संक्रमित उपचारत रहेको छन ।
भारत तथा छिमेकी जिल्लाबाट आएर स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा बस्ने संख्या २१ जना रहेका छन भने होम क्वारेन्टाइनमा बस्नेको संख्या २ सय ५ पुगेको सहायक प्रमुख जिल्ला अधिकारी खनालले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij