
शनिवार , आश्विन २४, २०७७
अर्घाखाँची २४ असोज । अर्घाखाँचीमा समुदाय स्तरमा थप ३४ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि हुनेमा सन्धिखर्क नगरपालिकाका २९ जना र शितगंगा नगरपालिकाका ५ जना गरी ३४ जना रहेको स्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ ।
उनिहरुको भैरहवा जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वाब परिक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विजय बरालले जानकारी दिए ।
८४ जनाको रिपोर्ट पठाए मध्ये ५० जनाको नेगेटिभ र ३४ जनाको पोजेटिभ रिपोर्ट आएको हो । जसमा २५ जना पुरुष ९ जना महिला रहेको बरालले जानकारी दिए । योसँगै जिल्लामा कुल संक्रमित संख्या ४ सय ८६ मध्ये हाल सम्म कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या ३ सय ९२ रहेको छ ।
कोरोनाका कारण जिल्ला भर ४ जनको मृत्यु भएको छ । यता जिल्लाभर ९० जना सक्रिय कोरोना संक्रमित उपचारत रहेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij