२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि

शनिवार , आश्विन २४, २०७७

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार साँझ फेसकुकमा स्टाटस लेख्दै मन्त्री भट्टराईले आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन ।

शुक्रबार हल्का ज्वरोको महसुस भएपछि कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकोमा उनको रिपोर्ट शनिबार साँझ आएको थियो । शुक्रबार बेलुका निवासमा फर्केपछि हल्का ज्वोरोको महसुस भयो, आज शनिबार पुनः कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटीभ आएको भर्खरै जानकारी पाएको छु,ु मन्त्री भट्टराईको फेसबुक स्टाटसमा लेखिएको छ । 

कार्यक्रमको सिलसिलामा बिभिन्न जिल्लामा पुगेर गत सोमबार कोरोना परिक्षण गर्दा उनको रिपोर्ट नेगेटिभ आएको उनले जानकारी दिएका छन् । त्यसपछि पनि काठमाडौंँ बाहिरका केही कार्यक्रममा उनी सहभागी भएका थिए । अहिले उनलाई हल्का ज्वरो बाहेक अरु समस्या नदेखिएको बताएका छन ।