२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरुको आँखा परीक्षण 

शनिवार , पौष १०, २०७८

भैरहवा, १० पुस ।
भैरहवाका बैंक तथा वित्तीय संस्थाहरुमा कार्यरत कर्मचारीहरुको आँखा परीक्षण गरिएको छ । लायन्स क्लब अफ सिद्धार्थनगर प्रोफेसनलको आयोजनामा नेपाल राष्ट्र बैंक परिसरमा ७६ जना कर्मचारीहरुको आँखा परीक्षण गरिएको क्लबका अध्यक्ष तथा सनराइज बैंकका अधिकृत ऋचा थापाले जानकारी दिइन् । 

बैंकका कर्मचारीहरुले अत्याधिक काम कम्प्युटरमा गर्नुपर्ने भएकाले समयसमयमा आँखाको परीक्षण अनिवार्य हुने भएकाले स्वास्थ्य परीक्षण कार्यकमको आयोजना गरिएको क्लबका पूर्वअध्यक्ष ग्लोबल आईएमई बैंकका शाखा प्रबन्धक प्रेमसागर अग्रहरीले बताए ।
लायन्स क्लब अफ सिद्धार्थनगर प्रोफेसनल बेंकर्सले स्थापना गरेको क्लब हो । हाल यस लायन्स क्लबमा बैंकर्सका साथै चिकित्सा, प्रविधि तथा पर्यटन पेशामा संलग्न ३० जना सदस्यहरु आबद्ध रहेको क्लबका संस्थापक अध्यक्ष अमृत थापाले बताए । आँखा परीक्षण क्लबका सदस्य डा. नन्दा कुमारी गुरुङको टोलीले गरेको थियो ।