
आइतवार , पौष ११, २०७८
बुटवल, ११ पुस ।
लुम्बिनी प्रदेशस्तरीय सी लेभल पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता गुल्मीका भुवन सुनवार र तेजस्बी मगर विजयी भएका छन । बुटवल देवीनगरको वलीपथस्थित कभर्ड हलमा सुरु भएको प्रतियोगिताको लुम्बिनी प्रदेश सरकारका जलस्रोत, उर्जा तथा सिंचाईमन्त्री विरबहादुर रानाले शुभारम्भ गरेका थिए । प्रतियोगिताको शनिबार फाइनल खेलमा गुल्मीका भुवन सुनवार र तेजस्बी मगर नगद ३० हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन ।
त्यसै गरी द्वितीय भएका मिलन थापा र चन्द्र जी.एम भलुही रुपन्देही नगद २० हजार रुपैयाँ, कप, मेडल प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगितामा साजन कुवंर र सुमन बुचा तृतीय हुँदै नगद १५ हजार रुपैयाँ कप, मेडल प्रमाणपत्रबाट पुरस्कृत भएका थिए । उत्कृष्ट खेलाडी लमहीका सुविन श्रेष्ठ पुरस्कृत भएका थिए । उदयमान खेलाडी कपिलवस्तुका सुविन श्रेष्ठ र अनुशासित खेलाडी गुल्मीका अजय शेख पुरस्कृत भएका थिए । जेष्ठ (उमेर) खेलाडी तारा पुन मधवलिया पुरस्कृत भएका थिए
कार्यक्रममा आशिष ग्रुपका प्रबन्ध निर्देशक आयुषकृष्ण श्रेष्ठ, लायन्स इन्टरनेशनल ३२५ बी २ नेपालका डिष्ट्रिक एक्जुकेटिभ चिफ एमजेएफ अर्जुनमान सैजु, लायन्स इन्टरनेशनल ३२५ बी २ नेपालका डेपुटी चिफ सन्दीप कसौधन, एओजी आशिष कृष्ण श्रेष्ठ र सहयोगी संस्था लायन्स क्लव अफ बुटवल स्टार्सका अध्यक्ष एन्जील मिया खान लगायतको आतिथ्यता रहेको थियो । प्रतियोगिताको मुख्य निर्णयकमा अर्जुन कार्की, निर्णयकमा प्रमोदसिंह पहारी, जीवन बहादुर अधिकारी रहेका छन् । प्रतियोगितामा १२८ वटा टिमले भाग लिएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij