
१०१ जना फरार अभियुक्त पनि पक्राउ
सोमवार , पौष १२, २०७८
परासी, १२ पुस ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीले ६ महिनाको अवधिमा ५ करोड १८ लाख बढी राजस्व दाखिला गरेको छ । जिल्लाको विभिन्न क्षेत्रमा भएको चोरी तस्करीका मालसमानहरु बरामद गरी ६ महिनाको अवधिमा कुल ५ करोड १८ लाख ८३ हजार ६४ रुपैयाँ भन्सारसहित विभिन्न सरकारी निकायमा राजस्व दाखिला गरेको छ ।
जिल्लामा भइरहेको चोरी तस्करी नियन्त्रणका लागि प्रहरी उपरीक्षक मनोज यादवको निर्देशमा खटिएका प्रहरी टोलीहरुले उक्त अवधिमा विभिन्न मालसमानहरु बरामद गरी राजस्व दाखिला गरेको सोमबार प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।
तस्करहरुले भारतबाट भन्सार छली अवैध रुपमा नेपाल भित्राई रहेको अवस्थामा प्रहरीले ४ करोड ७० लाख ३९ हजार ९४ मुल्य बराबरको हरियो केराउ, किराना सामान, हार्डवेयर, लत्ताकपडा, ईलेक्ट्रोनिक सामान, सवारीसाधनका पार्टपुर्जा र पशु तथा चौपायाहरु बरामद गरी आवश्यक कारवाहीको लागि महेशपुर भन्सार तथा राजस्व अनुसन्धान कार्यालयमा बुझाएको प्रहरी उपरीक्षक मनोज कुमार यादवले जानकारी दिए ।
त्यसै गरी प्रहरीले उक्त अवधिमा नदीजन्य पदार्थको अवैध उत्खनन्मा संलग्न ३९ वटा ट्याक्टर, २ वटा जेसीबी पक्राउ गरी आवश्यक कारवाहीको लागि सम्बन्धित स्थानीय तहमा बुझाइएको जसबाट ६ लाख ९८ हजार ४ सय ७३ मुल्य बराबर राजस्व दाखिला भएको छ । साथै सोही अवधधिमा ३५ लाख ९० हजार श्रोत नखुलेको रकमसहित ४ जना व्यक्तिलाई पक्राउ गरी कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय बुटवल बुझाइएको प्रहरी उपरिक्षक यादवले जानकारी दिए ।
त्यस्तै प्रहरीले ५ लाख ५५ हजार ५ सय ३३ मुल्य बराबरको अवैध काठ पनि बरामद गरी डिभिजन वन कार्यालयमा बुझाएको जनाएको छ ।
त्यसै गरी प्रहरी कार्यालयले विभिन्न मुद्दामा सजाय पाएका १०१ जना फरार अभियुक्त पनि पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला अदालतमा पेश गरिएको प्रहरी उपरीक्षक यादवले जानकारी दिए । आजैमात्र प्रहरीले लागुऔषधसहित ४ जनालाई पनि पक्राउ गरी सार्वजनिक गरेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij