images
images

आइतवार, जेठ ६ गते २०८१

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : डिसेम्बरसम्म अवधि थपियो

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : डिसेम्बरसम्म अवधि थपियो

images
images
images
मंगलवार, श्रावण ६ २०७७
मंगलवार, श्रावण ६ २०७७
  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : डिसेम्बरसम्म अवधि थपियो

    भैरहवा, २२ असार ।
    भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अवधि डिसेम्बरसम्म लम्ब्याइएको छ । चीनबाट आउनुपर्ने उपकरण र प्राविधिक जनशक्ति आउन ढिलाइ हुँदा निर्माण अवधि पाँचौ पटक थपिएको हो ।

    images
    images
    images

    नागरिक उड्डयन प्राधिकरणका अनुसार चौथो पटक विमानस्थल निर्माणको अवधि थपिएको हो । यस अघि नदीजन्य सामग्रीको अभावले अवरोध पुगेको विमानस्थलको निर्माणमा अहिले भने उपकरण र प्राविधिक जनशक्ति अभाव ढिलाइको मुख्य कारण बनेको छ । अब भने थपिएको समय भित्रै निर्माण कार्य सम्पन्न हुने प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए ।

    ३१ मार्च २०२० मा निर्माण सक्ने लक्ष्य राखिएकोमा असहज परिस्थितिका कारण काममा ढिलाइ हुँदा नौ महिना म्याद थप भएको उनले बताए । प्राधिकरणका अनुसार डिसेम्बरमा निर्माण सकिएमा त्यसपछि सञ्चालनपूर्वको तयारीका लागि करिब तीन महिना समय लाग्नेछ । अव बीचमा कुनै अवरोध नभए नौ महिनाभित्र विमानस्थलमा व्यावसायिक उडान हुने पोखरेलले बताए ।

    विमानस्थल विस्तार आयोजनाका अनुसार बन्दाबन्दीको अवधिमा विमानस्थल निर्माणको करिव तीन प्रतिशत भौतिक प्रगति थपिएको छ । अहिले विमानस्थलको भौतिक प्रगति ९१ प्रतिशत पुगेको छ । राष्ट्रिय गौरवका आयोजनामध्ये गौतमबुद्ध विमानस्थल नै पहिलो आयोजनाको रुपमा निर्माण सम्पन्न हुने तयारीमा पुगेको छ ।

    आयोजनाका अनुसार अहिले रनवे लाईट जडानको काम अन्तिम चरणमा पुगेको छ भने टर्मिनल भवनमा एयर कण्डिसन तथा अन्य उपकरण जडान सम्बन्धि कार्य जारी छ । बन्दाबन्दीकै बीचमा करिव पाँच करोड रुपैयाँ मुआब्जा वितरणमा खर्च भएको आयोजनाले जनाएको छ । विमानस्थल निर्माणमा अहिले २९ चिनियाँसहित २७५ चिनियाँ कामदार खटिएका छन् ।

    बन्दाबन्दी भएपछि करिब एक महिना भने विमानस्थल निर्माणको काम पुरै रोकिएको थियो । तर राष्ट्रिय गौरवको आयोजना निर्माणका लागि सरकारले काम अगाडि बढाउन निर्देशन दिएसँगै विमानस्थल निर्माणका लागि स्थानीय प्रशासनसंगको समन्वयमा निर्माण कम्पनीले कामलाई साढे दुई महिनादेखि निरन्तरता दिएको छ ।

    चिनियाँ कम्पनी नर्थ वेष्ट सिभिल एभिएशनले सन २०१४ डिसेम्बर ३१ मा छ अर्व २२ करोड ५१ लाख २० हजार दुई सय २७ रुपैयाँमा ग्लोबल टेण्डरमार्फत विमानस्थल निर्माणको ठेक्का लिएको थियो ।

    सन् २०१७ डिसेम्बरसम्म निर्माण सम्पन्न गर्नुपर्ने सुरुको सम्झौता थियो । एसियाली विकास बैंकको क्रृण सहयोगमा निर्माण भइरहेको यो विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्दा ठूलो हुनेछ । जुन ७८७ बिघा क्षेत्रफलमा निर्माण भइरहेको छ ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij