
बुधवार , पौष १४, २०७८
भैरहवा, १४ पुस ।
नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) भैरहवा बहुमुखी क्याम्पस कमिटीद्वारा आयोजित खेलकुद सप्ताह–२०७८ समापन भएको छ । मंगलबार हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएसंगै खेलकुद सप्ताह समापन भएको अनेरास्ववियु भैरहवा बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष सागर न्यौपानेले बताए । खेलकुद सप्ताह अन्तर्गत आयोजित विभिन्न प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई जाडो विदापछि पुरस्कार वितरण गरिने न्यौपानेले जानकारी दिए ।
हाजिरीजवाफ प्रतियोगितामा बी.एस.सी. दोस्रो वर्ष ग्रुपबाट आशिष हरिजन, विजय यादव र चेल्सी त्रिपाठी प्रथम, बी.बी.एस.प्रथम वर्ष ग्रुपबाट कृष्ण पोखरेल, निशा थापा मगर र सुग्रिम सहानी द्वितीय र बी.एड. प्रथम वर्ष ग्रुपबाट आशिष राणा, वर्षा मिलन र सोनाली गुप्ता तृतीय भएका छन् । खेलकुद सप्ताह पुस ७ गतेदेखि सुरु भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij