images
images

आइतवार, जेठ ६ गते २०८१

रुपन्देहीमा अवैध लागुऔषधसहित तीनजना पक्राउ

रुपन्देहीमा अवैध लागुऔषधसहित तीनजना पक्राउ

images
images
images
बिहिवार, पौष १५ २०७८
बिहिवार, पौष १५ २०७८
  • रुपन्देहीमा अवैध लागुऔषधसहित तीनजना पक्राउ

    भैरहवा, १५ पुस ।
    रुपन्देही प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको गैडहवा गाउँपालिका–९ का २९ वर्षिय नारायण क्षेत्री, गैडहवा–८ का २० वर्षिय रेसम पुन र सोही स्थानका १९ वर्षिय सुजन पुन रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) नवरत्न पौडेलले बताए ।

    images
    images
    images

    गैडहवा–९ स्थित शेरबहादुर क्षेत्रीको घरमा लागुऔषधको कारोबार हुँदैछ भन्ने गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय सुर्यपुरा र ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको संयुक्त टोलीले खानतलासी गर्दा लुकाई राखेको लागुऔषध फेला परेको डीएसपी पौडेलले बताए ।

    स्थानीयको रोहबरमा रितपूर्वक घरका कोठाहरु खानतलासी गर्दा ब्राउन सुगर जस्तो धुलो पदार्थ अन्दाजी १५ ग्राम तौल भएको लागुऔषध तथा डिजिटल तराजु, मोबाइल ३ थान र नगद ६५ हजार ५ सय रुपैयाँसहत तीन जनालाई पक्राउ गरी उनले बताए । थप अनुसन्धान भइरहेको रुपन्देही प्रहरीले जनाएको छ ।











     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij