images
images

आइतवार, जेठ ६ गते २०८१

उद्योग व्यापार संगठन रुपन्देहीद्वारा सरसफाई

उद्योग व्यापार संगठन रुपन्देहीद्वारा सरसफाई

images
images
images
शुक्रवार, पौष १६ २०७८
शुक्रवार, पौष १६ २०७८
  • उद्योग व्यापार संगठन रुपन्देहीद्वारा सरसफाई

    भैरहवा, १६ पुस ।
    उद्योग व्यापार संगठन, रुपन्देहीले भैरहवाको देवकोटा चोकदेखि बसपार्कसम्म सरसफाई गरेको छ । बेलहिया–बुटवल ६ लेन सडकखण्ड अन्तर्गत संरक्षित हरियाली गार्डेनमा शुक्रबार बिहान सरसफाई गरिएको संगठनका अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए । 

    images
    images
    images

    उद्योग व्यवसायीको हकहितसंगै संगठनले सामाजिक उत्तरदायित्वका कार्यहरु तथा सिद्धार्थनगरलाई सफा र स्वच्छ राख्न समेत अभियान चलाएको ज्ञवालीले बताए । ‘सिद्धार्थनगरलाई स्वच्छ र सफा राख्नका लागि निजी क्षेत्रको पनि भूमिका महत्वपूर्ण हुन्छ, संगठनले पनि सोहीअनुरुप प्रयास गरेको छ, ’उनले भने । संगठनले वृक्षारोपणसंगै विरुवाको संरक्षण गरेको स्थान ‘संरक्षित हरियाली गार्डेन’ मा सरसफाई गरेको उनको भनाइ छ ।

    IMG_9736.JPG

    सरसफाई कार्यक्रममा संगठनका पदाधिकारी, कार्यसमिति सदस्य, सचिवालय सदस्य, सल्लाहकार लगायतको उपस्थिति रहेको कार्यक्रम संयोजक लक्ष्मी अधिकारीले बताइन् । आगामी दिनमा पनि संगठनले यो कार्यक्रमलाई निरन्तरता दिइने अधिकारीले बताइन् ।

    IMG_9770.JPGIMG_9724.JPG

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij