२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

कोरोना अपडेट 

पछिल्लो २४ घण्टामा रुपन्देहीमा ३ सहित देशभर २२ को मृत्यु, १४१६ जनामा संक्रमण पुष्टि

आइतवार , आश्विन २५, २०७७

भैरहवा । पछिल्लो २४ घण्टामा रुपन्देहीमा ३ जना सहित देशभर कोरोनाबाट थप २२ को मृत्यु भएको छ । मृतक मध्ये १७ पुरुष र ५ महिला रहेका छन् । 

योसँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय ३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर कोरोना संक्रमित भइ ७६ जना भेन्टिलेटरमा उपचारमा रहेको मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका अनुसार ३ सय २९ जना आईसीयुमा उपचाररत रहेका छन । 

मन्त्रालयका अनुसार कोरोना संक्रमितको कुल संख्या हालसम्म १ लाख ७ हजार ७ सय ५५ पुगेको छ भने निको हुनेको संख्या ७५ हजार ८ सय ४ रहेको छ । आईतबार मात्रै २ हजार ७१ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।  

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय १६ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा १ हजार १ सय ४५, भक्तपुरमा १ सय १० र ललितपुरमा १ सय ६१ जनामा संक्रमण पुष्टि भएको छ।