images

शनिवार, बैशाख ८ गते २०८१

जेसीआई सिद्धार्थ लेडीमा चरम विवाद, निर्वाचन प्रक्रिया नै बिथोलियो

जेसीआई सिद्धार्थ लेडीमा चरम विवाद, निर्वाचन प्रक्रिया नै बिथोलियो

images
images
images
शनिवार, पौष १७ २०७८
शनिवार, पौष १७ २०७८
  • जेसीआई सिद्धार्थ लेडीमा चरम विवाद, निर्वाचन प्रक्रिया नै बिथोलियो

    भैरहवा, १७ पुस । जेसीआई सिद्धार्थ लेडी, नेपालमा निर्वाचनको विषयलाई लिएर चरम विवाद सिर्जना भएको छ । वर्ष २०२२ को लागि नयाँ नेतृत्व चयन गर्ने विषयमा विवाद हुँदा निर्वाचन अनिश्चित बनेको छ । शुक्रबार बिहान ११ बजेदेखि सुरु भएको २५ औ साधारणसभा तथा शाखा अधिवेशनमा निर्वाचन आयुक्त गीता श्रेष्ठले निर्वाचन प्रक्रिया भन्दा बाहिर गएर २०२१ को तालिम संयोजकलाई एकतर्फी रुपमा अध्यक्ष चयन गरेको घोषणा गरेपछि विवाद उत्कर्षमा पुगेको हो ।

    images
    images
    images

    वर्ष २०२२ को लागि ६ जनाले अध्यक्षमा उम्मेदवारी दर्ता गरे पनि सबै प्रक्रिया लत्याउदै निर्वाचन आयुक्तले जर्बजस्त रुपमा अध्यक्षका प्रत्यासी गीता गैरे बन्जाडेलाई अध्यक्ष घोषणा गरेपछि बढेको उत्कर्षमा पुगेको हो ।

    जेसीआई सिद्धार्थ लेडीका बहुमत सदस्यले निर्वाचन प्रक्रिया लत्याउँदै निर्वाचन आयुक्त श्रेष्ठले गैरेलाई अध्यक्ष चयन गरेको आरोप लगाउँदै निर्वाचन समितिले गरेका कुनै पनि निर्णय मान्य नहुने बताए । 

    अधिकांश पूर्व अध्यक्षहरु र सदस्यहरुले गत वर्षको लिखित सहमति अनुसार प्रकृति उप्रेतीलाई अध्यक्ष बनाउनुपर्नेमा जोड दिएका छन् । अध्यक्षकी प्रत्यासी उप्रेतीले गत वर्षको सहमति अनुसार आफूले सभापतिमा दावी गरेको बताइन् । सभापतिको अर्को प्रत्यासी मीनाक्षी क्षेत्रीले आफूले सभापतिमा उम्मेदवारी दर्ता गराए पनि आफ्नो सहमति बिना नै गैरेलाई अध्यक्ष घोषणा गरेको बताइन् । 

    अधिवेशनमा सहभागि अधिकांशले निर्वाचन आयुक्त श्रेष्ठले गरेका कुनै पनि निर्णयहरु मान्य नहुने भन्दै निर्वाचन हलभित्रै नाराबाजी र विरोध जनाएका छन् । 

    निर्वाचन आयुक्त श्रेष्ठले अध्यक्षमा गैरेलाई प्रस्ताव गर्न खोजे पनि बहुमत सदस्यको विरोध गरेपछि चयन नगरेको बताइन् ।
    अरुलाई विधिको शासन सिकाउने जेसीजमा भएको लफडाले स्वयं सदस्यहरु नै आश्चर्यचकित परेका छन् । शुक्रबार बिहान ११ बजेबाट सुरु भएको अधिवेशनमा विवाद भएपछि शनिबार राति १ बजेसम्म साम्य भएको थिएन ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij