२०८३, बैशाख १९ गते

May 02 2026 | २०८३, बैशाख १९ गते

काङ्ग्रेस निकट कर्मचारी युनियनको केन्द्रीय प्रतिनिधिमा पन्थीको उमेद्वारी घोषणा

बिहिवार , पौष २२, २०७८

  • 4.4K
    Shares
  • 4.4K
    Shares
  • भैरहवा। नेपाली काङ्ग्रेस निकट कर्मचारी ट्रेड युनियन नेपाल निजामती कर्मचारी युनियन रुपन्देहीको आठौं जिल्ला अधिवेशनको रौनक छाएको छ।

    स्थानीय र प्राथमिक कार्यसमिति तथा अधिवेशन सम्पन्न गरेको कर्मचारी युनियनमा अहिले जिल्ला अधिवेशनको तयारीमा जुटेको छ।

    कर्मचारी युनियनको वैठकवाट यही मिति २०७८ पुस २४ गते भैरहवामा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ। अधिवेशनको मिति नजिकिदै गर्दा उमेद्वारहरुले उमेद्वारी घोषणा गर्ने, कर्मचारी भेटघाट गर्ने कार्य तिव्र पारेका छन्।

    यसै अन्तरगत रुपन्देहीवाट केन्द्रमा प्रतिनिधित्व गर्ने ५ जना केन्द्रीय प्रतिनिधि स्वीकृत भएका छन। जस अन्तरगत हालसम्म केन्द्रीय प्रतिनिधिमा नविन पन्थीले उमेद्वारी घोषण गरी चुनावी मैदनमा उत्रिएका छन।

    निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन गुल्मीका कोषाध्यक्ष तथा युनियनको केन्द्रीय संगठन तथा प्रशिक्षण विभाग विभागीय सदस्य भई कुशल रुपमा कार्य सम्पादान गरेका पन्थी कुशल संगठकको रुपमा चिनिन्छन।

    कर्मचारी माझ लोकप्रीय पन्थीले आफ्नो उमेद्वारी ट्रेड युनियनका स्थापित मान्यतालाइ साकार पार्न र ट्रेड युनियनमा युवाहरुको प्रतिनिधित्व सुनिश्चितताको लागि भएको वताएका छन।