२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

क्वारेन्टिनमा स्वास्थ्य सामाग्री वितरण

मंगलवार , श्रावण ६, २०७७



भैरहवा, ६ साउन ।
सिद्धार्थ सामुदायिक समाज भैरहवाले केयर नेपाल र सेभ द चिल्ड्ेनको सहयोगमा  क्वारेन्टिनमा स्वास्थ्य (हाइजिन) सामाग्री वितरण भएको छ । कोभिड–१९ प्रतिकार्य कार्यक्रम २०७७ अन्र्तगत फर्केर आएका आप्रवासीहरुको मर्यादा र सुरक्षाको संरक्षणका लागि स्वास्थ्य सामाग्री वितरण गरिएको हो । 

रुपन्देहीका क्वारेन्टिन सेन्टरमा ७५० थान हाइजिन किट, भैरहवाको होल्डिङ सेन्टरमा १ हजार ३५० थान र होम क्वारेन्टिनमा २ सय ६० पिस वितरण गरेको सिद्धार्थ सामुदायिक समाजका अध्यक्ष समिता मल्लले बताइन् ।
त्यसै गरी रुपन्देहीका ११ वटा क्वारेन्टिनमा २० वटा कन्ट्याक्टलेस हेण्डवास र १५ वटा अस्थायी शौचालय पनि वितरण गरिएको छ । 

सिद्धार्थनगर नगरपालिका भित्रका विभिन्न वडामा होम क्वारिन्टिनमा रहेका ३४ जनालाइ पनि मंगलबार सामग्री वितरण गरिएको मल्लले जानकारी दिइन् ।

स्वास्थ्य सामाग्री वितरण गर्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा काफ्लेले संस्थाले गरेको कामको प्रशंसा गर्दे स्वास्थका लागि सबै सजग हुनुपर्ने बताइन् । उनले नगरपालिका नगरवासी नागरिकको लागि सदैव स्वास्थ्यमा सहयोग गर्न तत्पर रहेको स्पष्ट पारिन । कार्यक्रममा विभिन्न वडाका जनप्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो । 

रुपन्देहीको श्री राम नरेश यादव आदर्श मा.वि. धकधई, ठुठीपिपल मा.वि. ठुठीपिपल, भैरहवा नमुना मा.वि., शैक्षिक तालिम केन्द्र बसडिलवा, हाजीयनतुला मा.वि., भिरलहवा मा.वि., सामुदायिक भवन अमुवा, जनकल्याण  आधारभुत प्रा.वि., जनता मा.वि. ओडवलिया, मर्चवार आर्दश मा.वि.मा रहेको क्वारेन्टिनमा स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको हो । 

संस्थाले यस अघि पनि पटक पटक स्वास्थ्य सामाग्री वितरण गर्दै आइरहेका छ । महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको संस्थाले लैगिंक अल्पसंख्यक, अपागंता भएका व्यक्तिहरुलाई पनि जोड दिएकोे अध्यक्ष मल्लले बताइन् ।