२०८२, फाल्गुण ७ गते

Feb 19 2026 | २०८२, फाल्गुण ७ गते

तिलौलीमा बालविवाह बिरुद्ध सडक नाटक सम्पन्न 

मंगलवार , आश्विन २७, २०७७

  • 5.8K
    Shares
  • 5.8K
    Shares
  • नवलपरासी २७ असोज । पश्चिमी नवलपरासीको सरावल गाउपालिकामा बालविवाह बिरुद्धको सडक नाटक कार्यक्रम सम्पन्न भएको छ।

    ए.बि.सि नेपाल, स्ट्रोम फाउन्डेसनको सहयोग, सरावल गाउँपालिकाको सहकार्य तथा सिर्जनसिल किशोर समुहको आयोजनामा बालबिहाल बिरुद्धको सडक नाटक सम्पन्न भएको हो। 

    समुहकी अध्यक्ष शिरिस्टी चौधरीको अध्यक्षता तथा एसएसटि समुहकी सदस्य माया ठाकुर र संवाद किशोर किशोरी सञ्जालका अध्यक्ष महेश यादवको अतिथतामा भएको कार्यक्रममा बोल्ने बत्ताहरुले सानो उमेरमा नै बालबालिकाहरुको बिवाह गरिदिदा उनिहरुको भबिस्य नै धरापमा परेको बताए।

    उनीहरुले बालबालिकालाई बिहे गर्नु भन्दा शिक्षा आर्जन गराउनु पर्नेमा जोड दिए। बालबालबालिकाको एउटा उपयुक्त उमेर पुगेपछि मात्र बिवाह गर्न मिल्छ उनीहरुले भने तर हाम्रो समुदायमा बालबालिकाहरुको आफ्नै आमा बुबाले जबर्जस्ती बालविवाह गरिदिने गरेका छन। 

    बालबिबाहका कारण बालबालिकाको पढाइको साथ साथै उनिहरुको भबिस्य नै समस्यामा परेको उनीहरुको गुनासो छ । उनीहरुले बालविवाह न्युनिकरणको लागि आफ्नै घरपरिवार, समुदाय र समाजबाट नै यसका बिरुद्ध आवाज उठाउनु पर्नेमा जोड दिए । 

    कार्यक्रममा एस एसटि समुहकी सदस्य प्रमिला ठाकुर, एबिसि नेपालकी सहजकर्ता सबिता चौधरी, दुर्गा बिक र तिलौलिका किशोरीहरुको सहभागीता रहेको थियो । कार्यक्रम सञ्चालन सवाद किशोर किशोरी सञ्जालका कोषाध्क्ष सन्दिप बिकले गरेका थिए ।  महेश यादव