२०८३, बैशाख १९ गते

May 02 2026 | २०८३, बैशाख १९ गते

नेपाल रेडक्रस सोसाइटी सिद्धार्थ उपशाखाको अध्यक्षमा कर्ण

शनिवार , पौष २४, २०७८

  • 4.0K
    Shares
  • 4.0K
    Shares
  • भैरहवा, २४ पुस । 
    नेपाल रेडक्रस सोसाइटी सिद्धार्थ उपशाखा, रुपन्देहीको १७ औं वार्षिक साधारणसभा तथा अधिवेशन शनिबार भैरहवामा सम्पन्न भएको छ। अधिवेशनले बसन्त कुमार लाल कर्णको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।

    कर्ण यसअघि उपशाखाको उपसभापतिको जिम्मेवारी सम्हाल्दै आएका थिए । त्यस्तै उपशाखाको उपसभापतिमा ललिता बक्षार, सचिवमा राजेश जि.सी, कोषाध्यक्षमा राम प्रसाद सापकोटा, उप–सचिवमा सीता भट्टराई र उप–कोषाध्यक्षमा खगेन्द्र शर्मा रहेका छन् ।

    त्यस्तै सदस्यहरुमा विनिता श्रेष्ठ, रत्नेश कुमार मल्लिक, घनश्याम यादव, पवन पौडेल र मनोज अग्रवाल निर्वाचित भएको निर्वाचन आयुक्त तथा रेडक्रस सोसाइटी रुपन्देही जिल्ला सदस्य सुशिल गुरुङले बताए ।

    उपशाखाका सभापति सञ्जिव शर्मा रेग्मीको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय तदर्थ समितिका सभापति प्राध्यापक सुर्दशन प्रसाद नेपालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । 

    कार्यक्रममा सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा काफ्ले, रेडक्रस सोसाइटीका निवर्तमान केन्द्रीय सदस्य महेन्द्र कुमार श्रेष्ठ, रुपन्देहीका सभापति प्रेमलाल उदास, उपसभापति दिपक क्षेत्री न्यौपाने, उपशाखाका संस्थापक अध्यक्ष गोपालमान राजभण्डारी, जिल्ला महामन्त्री आर मोहम्मद खाँन, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका निवर्तमान अध्यक्ष कुल प्रसाद न्यौपाने लगायतले बोलेका थिए ।