२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

कोरोना अस्पताल बुटवलमा उपचाररत एक जनाको मृत्यु 

मंगलवार , आश्विन २७, २०७७

  • 4.5K
    Shares
  • 4.5K
    Shares
  • बुटवल। लुम्बिनी प्रदेशिक अस्पतालको कोरोना बिशेष अस्थाई अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। 

    बुटवल उपनगरपालिका– ३ निवासी ७२ वर्षीय  पुरुषको  मृत्यु भएको अस्पतालले जानकारी दिएको छ। ७२ वर्षीय पुरुष ज्वरो र श्वासप्रश्वासमा समस्या भएर असोज २ अस्पतालमा भर्ना भएका थिए। उनको सोही दिन कोरोना पोजेटिभ आएको अस्पतालका सुचना अधिकारी डा. बिष्णु गौतमले जानकारी दिए । 

    उनको मंगलबार बिहान ९ः४५ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ। अस्पतालका अनुसार उनी मुटु, उच्च रक्तचाप र मधुमेहका बिरामी थिए।