२०८३, बैशाख १९ गते

May 02 2026 | २०८३, बैशाख १९ गते

लायन्स क्रियटिभ लेडीद्वारा न्यानो कपडा वितरण

बुधवार , पौष २८, २०७८

  • 3.6K
    Shares
  • 3.6K
    Shares
  • भैरहवा, २९ पुस । 
    लायन्स क्लब अफ लुम्बिनी क्रियटिभ लेडीले रोहिणी माध्यमिक विद्यालयका विद्यार्थी तथा विपन्न परिवारलाई न्यानो कपडा वितरण गरेको छ । 

    पुस सकिनै लाग्दा चिसो बढेपछि चिसोबाट जोगाउन विद्यार्थी तथा विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको क्लवकी अध्यक्ष मन्जु शर्मा रेग्मीले जानकारी दिइन् ।

    रोहिणी गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष आबिद अलि पठानको प्रमुख आथित्यता, प्राध्यापक दिनेश कुर्मीको आतिथ्त्यतामा भएको कार्यक्रममा ४० वटा कम्मल वितरण गरिएको थियो ।

    कार्यक्रममा विद्यालयका विपन्न परिवारका विद्यार्थी, बगाहा, सेमरपानी तथा नजिकका गाउँका अतिविपन्न परिवारलाई भेला गराइ कम्बल वितरण गरिएको कार्यक्रम संयोजक मीनाक्षी क्षेत्रीले जानकारी दिइन् । 

    क्लबका सचिव प्रकृति उप्रेतीको सञ्चालनमा भएको कार्यक्रममा लायन्स क्लब अफ पक्रयटिभ लेडीकी निवर्तमान अध्यक्ष देवी न्यौपाने, लायन्स होलिसिटी सिद्धार्थनगरका अध्यक्ष राकेश गुरुङ, संगम न्यौपाने, नेपाल रेडक्रस सोसाइटी बेलहिया उपशाखाका सभापति सुमन शर्मा, समाजसेवी विजय शर्माले न्यानो कपडा वितरण गरेका हुन् ।