भैरहवा, ३० पुस । भैरहवाको बुद्धचोकमा ट्रकको ठक्करबाट एक जनाको ज्यान गएको छ । युपि ४२ एटि ४३५२ भारतीय नम्बर प्लेटको ट्रकले लु १८ प ५७१६ नम्बर प्लेटको मोटरसाइकल चालकलाई ठक्कर दिदा मोटरसाइकल चालकको घटना स्थलमै मृत्यु भएको हो ।
बुद्धचोकबाट ट्रकले मोटरसाइकल घिसार्दै करिब २ सय मिटर बेलहिया तर्फ ल्याएको थियो ।