images

शुक्रवार, बैशाख १४ गते २०८१

माघे संक्रान्तिको अवसरमा माघ २ गतेपनि लुम्बिनीमा सार्वजनिक विदा 

माघे संक्रान्तिको अवसरमा माघ २ गतेपनि लुम्बिनीमा सार्वजनिक विदा 

images
images
images
शुक्रवार, पौष ३० २०७८
शुक्रवार, पौष ३० २०७८
  • माघे संक्रान्तिको अवसरमा माघ २ गतेपनि लुम्बिनीमा सार्वजनिक विदा 

    बुटवल । माघे संक्रान्तिको अवसरमा लुम्बिनी प्रदेश सरकारले माघ २ गते सार्वजनिक बिदा दिएको छ ।

    लुम्बिनी प्रदेश सरकारको २०७७ चैत १३ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार माघ २ गते आइतबारका दिन माघीर माघे संक्रान्तिको उपलक्ष्यमा प्रदेशभर सार्वजनिक विदा रहेको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले बिज्ञप्ती जारी गर्दै जनाएको हो।

    लुम्बिनी प्रदेश सरकारले थप बिदा आवश्यकता अनुसार प्रदेशभर र कुनै क्षेत्र भेग अनुसार दिने ६ वटा बिदा दिन पाउने निर्णय अनुसार माघ २ गते बिदा दिइएको मन्त्रालयका शाखा अधिकृत देबिराम पाठक बताउछन।

    माघ १ गते केन्द्र सरकारले नै बिदा दिएको तथा शनिबार समेत परेकोले थप विदा दिनुपर्ने निर्णय अनुसार माघ २ गते पनि बिदा दिइएको उनले जानकारी दिए।

    लुम्बिनीका तराईका जिल्लाहरुमा थारु समुदायको बस्ती रहेको छ । विशेषगरि नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ, बाके र बर्दियामा रहेका थारु समुदायले माघी पर्व ५ दिनसम्म मनाउछन ।

    images

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij